Delivery in 1-3 days
अतीतका कतिपय पानाहरू सधैं यादगार रहन्छन् । कतिपय सम्झना जीवनपर्यन्त ताजा हुन्छन् । ती सम्झनालाई सधैं सिरानीमुनि राखी सुत्न मनलाग्छ । अनि कतिपय याद भुल्नै नसकिने हुन्छन् जसको पदचापको ध्वनि वर्तमानमा पनि प्रतिध्वनित भइरहन्छन् । शायद त्यसैले हो कि मलाई कहिलेकहीँ आफ्नै अतीततिर फर्किन मन लाग्छ । अतीतमा रम्न मन लाग्छ अनि अतीतलाई सम्झेर गम्न मन लाग्छ । अतीतका सम्झनालाई। मुटुभरि साँच्न मन लाग्छ अनि त्यही सम्झनामा जुगजुगभरि बाँच्न मन लाग्छ ।
त्यसरी अतीतका दिनमा भुल्दा कहिलेकहीँ त लाग्छ ती दिनहरू वर्तमान भैदिएको भए कस्तो हुन्थ्यो होला । नोस्टालजिया त्यसैलाई भन्दा हुन् शायद ।
- हरिकुमार श्रेष्ठ