Delivery in 1-3 days
यो पुस्तकमा षडरस छ। जीवनलाई चाहिने सबै रस यसमा छन् । लिनेले जे लिए पनि हुन्छ। हरेक पाइलामा लेखकको अभिव्यक्ति बेजोड छ। लेखनी बगेको छ। विचारमा गतिशीलता छ। बोलीचालीका शब्दहरुको प्रयोगले लेखाइलाई जीवन्त बनाएको छ।
- डा. विधानाथ कोइराला
एउटा शिक्षाकर्मीले कति सम्म संघर्ष गर्न पटी रहेछ तिने कुरा यो कृतिले छर्लंग पारेको छ। हामो समाजमा एउटा इमान्दार व्यक्तिलाई कसरी फसाइन्छ? शिक्षा क्षेत्रमा लाउने जो कोहीको लागि पनि यो कृति अत्यन्त महत्वको हुन सक्छ ।
- हा. मनप्रसाद वाग्ले
लव सरका अनुभव र अनुमतिसहितको सैदान्तिक प्रक्षेपण पनि पुस्तकमा कहिँ बुदागत त कहि विस्तारमा उल्लेख छ। प्रधानाध्यापक तथा शिक्षकले समदायसँग मिलेर कसरी यो जिम्मेवारी निर्वाह गरेको थियो भन्ने ऐतिहासिक प्रसंग पनि उतिकै महत्वपूर्ण छ। एक प्रधानाध्यापकका रुपमा लव सरले उठाएका चोटपटकले शिक्षाको स्थानिय आयामको ऐतिहासिक निरुपण गर्ने कच्चा पदार्थ प्रदान गर्दछन्। विद्यालय व्यवस्थापन र शिक्षा विधि तथा अनुभवजन्य ज्ञानका सन्दर्भमा पनि पुस्तकमा सन्दर्नवस चर्चा भएको छ।
-युग पाठक