Nirvana
NirvanaNirvana

Nirvana

निर्वाण

E-book
Rs 180
Paperback
Rs 359 Rs 399
Genre:Religious & Spiritual Fiction
Language: Nepali
Published:March 28, 2016
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937005821
ISBN10:9937005825
Pages:279
Weight:250 g

पुस्तकको बारेमा

"विश्वप्रसिद्ध पुस्तकहरू हर्मन हेस्सेको 'सिद्धार्थ, जोस्टीन गार्डरको 'सोफिज वर्ल्ड र तिक न्यात हन्हको 'जहाँजहाँ चरन परे गौतमके जत्तिकै पढ्नमा आनन्द आउने गहकिलो र सुरूचिपूर्ण पुस्तक |" -  अभय श्रेष्ठ, लेखक

"भागवत गीता दुर्बोध्य र जटिल मान्ने आजका मान्छेका लागि अत्यन्त ग्रहणशील शैलीमा विशद ज्ञानलाई यति बँदिलो गरी बुझाउन सक्ने यस्तो पुस्तक मैले यसअघि कहिल्यै पढ्न पाएको थिइनँ ।" - टीकाराम यात्री, टेलिभिजन प्रस्तोता

"मोक्ष जीवनकै मूल पाटो हो भनी जोडदार रूपमा सन्देश दिने गहकिलो पुस्तक ।" -  कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश

"नेपाली साहित्यमा यो खालको आनन्ददायी पुस्तक मैले यसअघि कहिल्यै पढेको थिइन । तनावमुक्त हुन, सत्य र आनन्द चाहनेले पढ्नै पर्ने कृति ।" - बालकृष्ण बस्नेत, पत्रकार

पछिल्लो बाहिरी पृष्ठबाट

यो जीवन नामको तत्त्व के हो ? मरेपछि यो सकिन्छ कि निरन्तर रहिरहन्छ ? मानिस दुःखी किन छ ? यो दुःख के हो ? यसबाट छुटकारा पाउने कुनै उपाय पनि छ कि दुःख नै जीवनको सत्य हो ?

उपन्यासकी नायिका मोनिका भन्छे, 'खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिंड्नु मात्रै जीवन हो भने यो झर्कोलाग्दो छैन त ?

यस्ता प्रश्न ज्यादातर दर्शनको रौंचिरा प्रमाण खोज्दा गर्ने गरिन्छ । सिद्धान्त र दर्शनको नीरस गन्थनमन्थनमा उत्तर दिने परम्परा छ । आख्यानमा पढूँ-पढूँ लाग्ने गरी यस्ता प्रश्न, पात्र र भावभूमिको सिर्जना सायदै भएको छ । यस अर्थमा एक कोसेढुङ्गा हो निर्वाण |

यो मूलतः प्रेम, आनन्द र सत्यको त्रिवेणी हो भने मनोविज्ञान यसको आधारभूमि | सत्य र आनन्द चाहने सबैलाई तान्ने पुस्तक हो यो । विधामा आख्यान भए पनि स्वाद यसको उत्प्रेरणादायी पुस्तकको छ । पढ्ने हरेकले आफैलाई भेट्नेछ, आफैलाई पाउनेछ | सनसनीपूर्ण घटनाक्रम र पात्रहरूका विस्मयकारी मिलन अनि विछोडले पुस्तकलाई अत्यन्त पठनीय बनाएको छ ।

युवादेखि पाकासम्म सबका लागि उपयोगी र उपयुक्तसमेत हुनु निर्वाणको अर्को विशेषता हो । मनोविज्ञानलाई यति नजिकबाट उधिनिएको नेपाली साहित्यको विरलै आख्यानमध्येको एक हो यो ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode