Nepalma Varnavyavastha ra Varga-Sangharsha's front cover

Nepalma Varnavyavastha ra Varga-Sangharsha

नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष
Nepalma Varnavyavastha ra Varga-Sangharsha's front coverNepalma Varnavyavastha ra Varga-Sangharsha's back cover

Paperback

Samata Books

Rs 450

Delivery in 1-3 days

"एउटै पार्टीका स्थानीय एकाइका बैठक बस्दा कि त दलितको घरमा बस्नुपर्ने, ब्राह्मण-क्षत्रीकहाँ बस्ने हो भने कोही ढोकाभित्र र कोही ढोकाबाहिर बसेर परिपत्र पढ्नुपर्ने बाध्यता प्रत्यक्ष रुपमा लगातार भोग्नुप-यो । त्यस्तो समस्या भोग्दै आउँदा पनि वर्गीय एकतामा गम्भीर समस्या उत्पन्न गरिरहेको हिन्दू सामन्तवादको विशिष्ट चरित्रको अनुसन्धानतिर ध्यान नजानु ठूलै विडम्बना हो । राजनीतिक पार्टीमा देखिएको त्यस्तो दरिद्र दशाले स्वयम् ती पार्टीको संरचना र चिन्तन प्रक्रियामा हिन्दू सामन्तवाद प्रत्यक्ष वा परोक्ष रुपमा कुन हदसम्म प्रभावशाली रहँदै आएको छ भन्ने सत्यतिर पनि राम्ररी सङ्केत गर्दछ ।"

आहुति

"भारतमा दलितबारे; दलित र अन्यको सम्बन्धको प्रकृतिबारे धेरै अघिदेखि धेरै लेखिएका छन् । तर यीमध्ये थोरैले मात्र दलितपना निर्माणबारे उच्च ऐतिहासिक सैद्धान्तिक तह पक्रन सकेका छन् । आहुतिको यो किताब भने वर्तमान नेपालका दलित; दलित र अन्यको सम्बन्धको प्रकृतिबारे हठात् जस्तै सो उच्च तह प्राप्त गर्न सफल भएको छ । यो किताब कम्तीमा पनि मैथिली र हिन्दी भाषामा अनुवाद हुनु जरूरी छ । दक्षिण एसियाका सकेसम्म धेरै बौद्धिक र राजनीतिकर्मीले पढ्नु जरूरी छ । साथै, यसको सरलीकृत र छोटो अंश नेपालका स्कुल र कलेजका पाठ्यसामग्रीभित्र समेटिनु जरूरी छ ।"

चैतन्य मिश्र, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र / मानवशास्त्र केन्द्रीय विभाग

पछिल्लो बाहिरी पृष्ठबाट

आहुति तीन दसकदेखि नेपालको राजनीतिक सङ्घर्ष र दलित-मुक्ति आन्दोलनमा । नेपाल राष्ट्रिय क्रियाशील छन् । उनले नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज,
दलित मुक्ति सङ्गठनको मुख्य नेतृत्वमा बसेर काम गरिसकेका छन् । हाल एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य रहेका आहुति दलित विभागका सह इन्चार्ज र सभासद्का रूपमा पनि सक्रिय थिए । दलित आन्दोलन र समसामयिक राजनीतिबारे उनका दर्जनौं रचना छापिएका छन् । उनको लेखनमा हिन्दू समाजमा दलित जातीय मुक्तिको प्रश्न, तपश्वीका गीतहरू, नयाँ घर, स्खलन र गहुँगोरो अफ्रिका प्रकाशित छन् । उनी दलितसम्बन्धी चर्चित टेलिशृङ्खला दलनका लेखक पनि हुन् ।

All Editions

9789937837200
Paperback
ISBN13: 9789937837200
Samata Books
9789937705240
Paperback, 3rd Edition
ISBN13: 9789937705240
Phoenix Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review