Nepalko Itihas ra Ramnagarko Itihas's front cover

Nepalko Itihas ra Ramnagarko Itihas

नेपालको इतिहास र रामनगरको इतिहास
Nepalko Itihas ra Ramnagarko Itihas's front coverNepalko Itihas ra Ramnagarko Itihas's back cover

Paperback

Rs 599

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालमा शिलापत्र, ताम्रपत्र, भोजपत्र, चर्मपत्र आदिमा वंशावली, शास्त्र, दर्शन, विधि-विधान अभिलेखनको इतिहास शदियौं पुरानो छ । र, पनि समग्र विषय समेटेर नेपालको इतिहास लेख्ने काम ढिलो शुरू भयो, त्यो पनि विदेशीहरूबाट । कर्क प्याट्रिक, ह्यामिल्टन, ओल्डफील्ड, इन्द्रजी, बेन्डल, राइट, लेभी र ब्राउन जस्ता विदेशीहरूले नेपालको इतिहास लेखेपछि मात्रै नेपाली इतिहासकारहरूले भने यस क्षेत्रमा कलम चलाए । नेपालको इतिहास लेखनमा पहिलोपटक कलम चलाउने नेपाली अम्बिकाप्रसाद उपाध्याय हुन् । उपाध्यायाले वि.सं. १९७९ मा 'नेपालको इतिहास र रामनगरको इतिहास' प्रकाशित गरे । उपाध्यायको यो पुस्तक नै नेपाली लेखकद्वारा लिखित नेपालको पहिलो इतिहास हो ।

वि.सं. १९८६ मा उपाध्यायले यस पुस्तकको परिमार्जित संस्करण बाहिर ल्याए । यस पुस्तकले नेपाल र रामनगर (हाल विहार, भारत) को इतिवृत्त मात्र समेटेको छैन, नेपाल एकीकरण अघि र पछि रामनगर कसरी तनहूँका सेन राजा र नेपालका शाह राजाका दरसन्तान मातहत रहन गयो भन्ने रोचक सामग्री पनि पस्केको छ ।

नेपाल एकीकरणपछि तनहूँका सेन राजाहरूसँगै रामनगर पुगेका तनहूँका 'पौडेल' खलकका अम्बिकाप्रसाद उपाध्याय भारतमा वकील, विहार र उडिसा लेजिस्लेटिभ काउन्सिल मेम्बर तथा कलकत्ता, पटना र बनारस विश्वविद्यालय सभा सदस्य थिए ।

All Editions

Paperback, 1st Edition
Indigo Ink, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review