Naya Ghar
Naya GharNaya Ghar

Naya Ghar

नयाँ घर

Paperback
Rs 525
Genre:Novels
Language: Nepali
Published:2016
Edition:5th
Paperback
Pages:520
Dimensions:5.5 x 8.9 x 1.102 inches
Weight:485 g

पछिल्लो बाहिरी पृष्ठबाट

'आज म धेरै उचाइमा आईपुगेको छु र यो उचाईबाट म सबै बस्तीलाई बस्तीका मान्छेहरुलाई सुम्सुम्याउन सक्छु, आकाशलाई औंलाहरुले कोट्याउन सक्छु, बादललाई आफ्नो परेलामा कैद गर्न सक्छु, यहाँबाट देखिने तर मैले कहिल्यै नदेखेको सुन्दरता देख्न सक्छु, प्रकृतिले सिर्जना गर्न बिर्सेको यो सुन्दरता आखिर मान्छेले सिर्जना गरिछाडेको छ । यो नीलो आकाशभन्दा पनि सून्दर, फूल र नदीभन्दा पनि सुन्दर, पहाडका मस्त तरेलीहरु अनि हिमालका स्वेत टलकहरु भन्दा पनि सुन्दर, सायद मेरी प्रेमिकाको मन्द पदचाप, आमाको न्यानो काख अनि दिदीको कोमल स्नेहभन्दा पनि सुन्दर ! कस्तो सुन्दर चीज मेरो आँखामा भरियो आज ? यो उचाइमा कुन संयोगले पुगेँ म ? र, कुन संयोगले यो सुन्दर चीजले मलाई अंगालोमा बाँध्यो ? यो सुन्दर चीजलाई म केसँग तुलना गरुँ ? शायद भर्खरै जन्मिएको शिशुको निःश्वार्थ, निश्चल मिल्दोजुल्दो छ । हो, भर्खरै जन्मिएको शुशुको आँखासँग मात्रै यो सुन्दर जीजलाई दाँज्न सकिन्छ, अरु कुनै पनि चीजसँग सकिन्न । आखिर मलाई यो सुन्दरताले बाँध्यो अंगालोमा बाँधी छाड्यो ।'

(भाग एकबाट)

‘म चाहन्छु कि तपाई बुझ्नुहोस्-वर्गसङ्घर्ष कुनै चियापानको खेल होइन, यो भयानक पीडामय आगोबाट गुज्रनु पर्ने युद्ध हो । यदि तपाई आफूलाई बदल्न तथा सँगसँगै दुनियाँ दुनियाँलाई बदल्न चाहनु हुन्छ भने हर यातनाका दस्तावेजहरुमा तपाईले हस्ताक्षर गर्ने आँट गर्नैपर्छ, हुन सक्छ, तपाईको भगमा अकाल मृत्यु परोस् ।'

(भाग दुइबाट)

'यस बेला जुलुसलाई जसले अन्त्य गर्ने कोसिस गर्छ, उसलाई न यो भीडले माफी दिन्छ न इतिहासले नै । कायरहरु पेटीमा जाऊ, सडक बहादुरहरुका लागि छोड ।' उसको त्यो तोपको गर्जन जस्तै आवजले जुलुसको अन्त्य गर्न चाहनेहरुलाई छायाँ जस्तै निस्तेज तुल्यायो त्यसपछि जुलुस मडारिँदै कुनै रिसाएकी पोथी सर्पझैँ अघि बढ्यो र इतिहासप्रति उत्तरदायित्व पूरा गर्न मैले आज भन्नै पर्छ कि ती नेताहरुले, प्रकाशको बोलीमा भन्दा 'कायरहरु' ले जुलुसको नेतृत्व गर्न सकेनन् र पेटितिर पन्छिए ।