Nalekhiyeko Itihas
Nalekhiyeko ItihasNalekhiyeko Itihas

Nalekhiyeko Itihas

नलेखिएको इतिहास

E-book
Rs 180
Paperback
Rs 472Rs 525

पुस्तकको बारेमा

व्यावहारिक अर्थमा हामी कैयौं परिस्थिति, घटना र अनुभवलाई 'व्यक्तिगत' भन्न पुग्छौं । तर विहंगम दृष्टिले हेर्दा केही पनि कुरा नितान्त व्यक्तिगत हुँदैनन् । त्यसमा समाज र उसले बाँचेको समयको साङ्गोपाङ्गो चित्र पनि हुन्छ । यस अर्थमा कसैको जीवनी पनि व्यक्तिगत हुन सक्दैन । यो उसले बाँचेको र देखेको समयको एक चित्र हो, उसका दृष्टिमा ।

यस हिसाबले भन्दा राधाकृष्णको यो पुस्तक आउने कैयन् पुस्ताका लागि नेपाली समाजको निश्चित कालखण्डको मधुर झल्को दिने एक आँखीझ्याल हुनेछ । यही नै यस पुस्तकको असली सौन्दर्य पनि हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

भोगको एक सीमा छ । एकै पटक, उही समयमा हामी दुई कुरा गर्न सक्दैनौं । एकै पटक पूर्व र पश्चिम हिँड्न सक्दैनौं । आफू जन्मेभन्दा अगाडिको समयमा पुगेर बाँच्न सक्दैनौं ।

मन चाहन्छ, नदेखेको समयको पनि भोग गरौं । अनुभव गरौं त्यस्तो समाजको पनि जहाँ पुगिएकै थिएन । धेरैका लागि यो केवल कल्पनामा मात्र सम्भव छ । तर जो पठनशील छ उसका लागि आफूले नभोगेको जीवनको पनि झल्को लिने एक गुप्त बाटो छ । पुस्तक त्यही एक बाटो हो । कसैको जीवनगाथाको अध्ययन भनेको आफूले नदेखेको जीवन पनि भोग गर्ने एक चुस्त उपाय हो । राधाकृष्ण मैनालीको यो पुस्तक पनि अर्को जीवन अनुभव गर्ने त्यही एक बाटो हो ।

हामीले भोगिरहेको यो समय जस्तो छ त्यस्तो हुनमा कैयन् मानिसको प्रत्यक्ष-परोक्ष हात छ । नेपालको राजनीतिक इतिहासमा एक अनौठो प्रयोग हो झापा आन्दोलन, जसको कैयन् दूरगामी प्रभाव र महत्त्व छ । त्यसका प्रणेता राधाकृष्णको स्पन्दन हामीले बाँचिरहेको समाजमा कति छ ? हाम्रो समाजको ऐनामा उनले लिएको जीवनको बाटोले कस्तो तस्बिर परावर्तन गयो ? यो समाज, राज्यव्यवस्था र जीवनप्रतिको उनको अनुभव, धारणा अनि निष्कर्ष कस्तो छ ?

'नलेखिएको इतिहास' यी र यस्ता प्रश्नहरूको उत्तर त हो नै, यो एक युगको वर्णन पनि हो । पढ्दै जाँदा आँखा रसाउँछन्, मन विह्वल हुन्छ । नेपाली समाजको जडता र राजनीतिज्ञहरूको पाखण्डले मनमा झञ्झाबातको लहर पनि उठाउँछ । यो देश किन बनेन ? यसको एक मिहिन कारण पनि पुस्तकले दिन्छ तर परोक्ष रूपमा । त्यो बुझ्न 'विट्विन द लाइन्स' मा पोखिएको भाव र संकेतलाई भने बुझ्नुपर्छ । भनिन्छ, राजनीतिमा हृदय होइन मस्तिष्क सक्रिय हुन्छ । जीवन पूरै राजनीतिमा बिताएका राधाकृष्णको यो पुस्तक भने पढ्दै जाँदा लाग्छ, यो उनले पूरै हृदय लगाएर लेखेका छन् । त्यसैले यो पढ्नमा एक रस छ ।