Mochan
MochanMochan

Mochan

मोचन

Paperback
Rs 375
Genre:Fiction
Language : Nepali
Published: September 23, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705554
ISBN10:993770555X
Weight:194 g

पुस्तकको बारेमा

न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल, अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो र सिर्जनात्मक आख्यानमा दोस्रो कृति हो- मोचन । यसअघि अङ्ग्रेजी भाषामा उनको उपन्यास रनिङ फ्रम द ड्रिमल्याण्ड प्रकाशित छ । प्रशासन तथा नीति विषयका विद्यावारिधि आचार्यको 'सेक्स, जेण्डर एण्ड डिसेबिलिटी गैर-आख्यान कृति पनि बजारमा आइसकेको छ।


कविता लेखनमा रुचि राख्ने आचार्यको मोचन' आजका आम मानिसका भिन्न भिन्न जीवनशैलीका चाहहरू, तिनले निम्ताएका असमझदारीहरू र तिनकै कारण जेलिएर भत्किएका सम्बन्धहरूको आख्यान हो । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको कथानकीले विषयको नयाँ पन प्रस्तुत गर्छ । जीवनदर्शन, ध्यान, योग, अध्यात्म चिन्तन र जब्बर आधुनिकता समेतको द्वन्द्व-प्रयोगले उपन्यासलाई अझ प्रेमिल, गम्भिर र पठनीय बनाएको छ ।

RELATED BOOKS