Delivery in 1-3 days
पिता दुर्गाप्रसाद गजुरेल ‘नारायण' एवं माता धनकुमारी गजुरेल 'बिन्दा' का पुत्र बालकृष्ण गजुरेल ‘पुरुषोत्तम' मेलम्ची-६, सिन्धुपाल्चोक, नेपालका स्थायी वासिन्दा हुन् । स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका बालकृष्णको प्रकाशित कृति हो खालीपेट (लघुकथा सङ्ग्रह, २०८२) । झोले, अधीनमा छैन, जिन्दगी के हो ? आफन्त बन्न, साथीको अर्थ साथ दिनु, तप्प तप्प अश्रुधारा, म ऐना बनेको दिन, रानी उनले लेखेका गीत हुन्, जसको भिडियो युट्युबमा सर्जककै नामको च्यानलमा अपलोड गरिएका छन् । हाल उनी हेलम्बु-६, सिन्धुपाल्चोक, नेपालमा बसोबास गर्छन् ।
पुर्खाले मानिल्याएको मूल्य मान्यता र आधुनिक जीवनशैलीमाझको तनाव र मिलनविन्दुको पृष्ठभूमिमा नेपाली युवाको जीवन सङ्घर्षको आख्यान हो मञ्जरा | मानवको नैसर्गिक वृत्ति प्रेम यस उपन्यासको अक्षमा रहेको विशेष तत्त्व हो । सरल र सरस शैलीमा लेखिएको यस उपन्यासले समकालीन युवामनलाई आत्मलोकभित्र यात्रा गराउँदछ । एकप्रकारले यो उपन्यास आत्म-सन्धान, आत्म-परिचय र आत्म- प्रेमको कथा हो ।
Your review helps others make informed decisions
Click on a star to start your review