Lagan

लगन: सामाजिक उपन्यास


E-book
Rs 195
Paperback
Rs 292 Rs 325
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: December 2018
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712248
ISBN10: 9937712246
Pages: 277
Weight: 150 g

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली साहित्य फाँटको उपन्यास विधामा 'लगन'को विशिष्ट स्थान छ । सन् १९४८ मा लेखिएको यो उपन्यास स्रष्टा रसिकको देहान्तपछि सन् १९५५ मा प्रथमपल्ट छापिएको थियो ।

केही वर्षअघिसम्म विश्वविद्यालयहरूका पाठ्यक्रममा समेत रहेको यो उपन्यासका बारेमा दिग्गज समालोचकहरू सूर्यविक्रम ज्ञवाली, ईश्वर बराल, इन्द्रबहादुर राई, डा. तारानाथ शर्मा, डा. लक्ष्मणप्रसाद गौतम आदिले आ-आफ्ना समालोचकीय कृतिहरूमा प्रशस्तै प्रशंसा गर्नुभएको छ ।

गुजाराको खोजीमा प्रवासिन विवश नेपालीभाषीहरूको जनजीवनका बारेमा लेखिएको यो उपन्यास ऐतिहासिक दस्तावेज पनि हो । जातीय छुवाछुत र वर्गीय विभेदविरूद्धको लेखकको चेत साँच्चै स्तुत्य छ । यसलाई प्रगतिवादी धारको पहिलो नेपाली उपन्यास पनि मान्ने गरिन्छ ।