Currently not available.
Contact us for further queries.बोहराको संस्मरणात्मक कृति कोग्ले भित्र उनी हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, स्कुल पढ्नका लागि संघर्ष, एस.एल.सीपछि शहरमा रुमलिएकोमात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्रपनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली पनि छ । आफु, आफ्नो ठाउँ र आफु वरीपरीको कुराहरुलाई हेर्ने दृष्टि अर्थात नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने थाहा अर्थात अनुभूतिको कथा हो । यो बाल्यकालमा उनले नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हो ।
बिहानीको घामको किरणसँगै बिलाएर जाने शीतको थोपा जस्तै म समय र संयोगले बादल बनी उड्न पाएँ । उडानसँगै चिहाएको संसारले हर्षविभोर बनायो तर त्यहाँ मैले आफूलाई पाइन । आफ्नो अस्तित्व खोजको सङ्घर्षले बाँकी बिलाएका शीतका थोपाको अवशेषहरू पनि दृष्टिमा परे । तिनको जीवनबारे मनमा चिन्ता पसे । आफै र हरेक उदाउँदा शीतका थोपाको अस्तित्वको लागि बादलबाट वर्षिएर मेरो थात थलोमा पाईला टेकेँ । यो यात्राका केही अंश उतारचढाव, यो पुस्तकमा ।
Your review helps others make informed decisions
Click on a star to start your review