Junction Pipalbot

Junction Pipalbot

जङ्क्सन् पिपलबोट

Paperback
Rs 405Rs 450
Genre:Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937705813
ISBN10:9937705819
Weight:300 g

About the Book

प्रकाश गुरागाईंले खुट्टामा श्रीपेच कवितासङ्ग्रह लेखेर हाम्रो समयका एक मेधावी जनपक्षीय कविको चिनारी दिइसकेका छन् । त्यो चर्चित काव्य रचनापछि अर्को अन्तरालमा प्रकट भएको छ नवीन गद्य कृति जक्सन पीपलबोट । यो आविष्कार उनीभित्रको उही काव्य साधना र सामर्थ्यको अर्को कडीमात्र होइन, इतिहास बोधको आवेगमय एक प्रमेय पनि हो । यस अर्थमा यो कृति उनको नयाँ अवतारको ज्वलन्त प्रमाण हो ।
नयाँ सडकको कथा भनेर उनले एकैपटक साहित्य, राजनीति र नेपाली संस्कृतिको प्रमाणिक तथ्य उत्खनन् गर्ने जमर्को गरेका छन् । यहाँ हामी छौं र हामीसित जोडिएको एक युगको संलिष्ट आत्मवृत्तान्त छ । यहाँ हामी छौं र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित हाम्रो संघर्ष र स्वप्निल कामनाहरूको आरोह र अवरोह छ । यसकारण म भन्छु सरल, सरस र बोधगम्य भाषाशैलीमा बुनिएको यो गाथा हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त हो ।