Delivery in 1-3 days
डा शंकर प्रसाद उप्रेतीको संस्मरण जीवन एक सपनाले लेखकको ५० वर्ष गाउँमा बसेर गरेको चिकित्सासेवाका विविध अनुभवहरुलाई समेटेको छ। पंचायतकालीन दमन दौरान नेपाली कांग्रेसका सक्रिय सदस्य रहीपछी राष्ट्रिय सभाका सांसद समेत हुनु भएका डा. उप्रेतीको जीवनका चिकित्सासेवा देखि लिएर राजनीतिक र सामाजिक पाटाहरु यस पुस्तकमा समेटिएका छन् । पुर्वी पहाडको चुहानडाँडा देखिलिएर बिराटनगर, काठमाडौं र त्यहाँबाट कलिलो उमेरमा भागेर भारतको कानपुर पुगी अनेकौ दुःख गरे पछि चिकित्सक बनेको संघर्षको अनुभवलाई यस संस्मरणले सटिक अभिव्यक्ति दिएको छ।
अहिले चिकित्साको क्षेत्र चरम व्यापारीकरणतिर उन्मख भएको बेला ५० बर्ष झापा र अन्य गाउँमा बसेर न्युनतम शुल्कमा चिकित्सासेवा उपलब्ध गराउनु भएका डा. उप्रेतीको जीवन कथाले चिकित्साशास्त्रको हराउदै गएको मानवसेवामुखी आदर्शलाई समेत पुनःस्मरण गराएको छ । यस संस्मरणले लेखकको संघर्ष, आदर्श, प्रेम र विवाह जस्ता जीवनका घटना मात्र नभएर जीवन संगिनी महेश्वरी अल्जाइमर्स रोगले ग्रस्तभई स्मृति हराउन थालेपछि उत्पन्न भएका मानसिक तनाव र रिक्ततालाई समेत मार्मिक भाषामा व्यक्त गरेको छ।
जीवन एक सपनाले लेखकको व्यक्तिगत जीवनलाई मात्र नभएर राणाकालको अन्त्य देखिलिएर २०४६ र २०६२/६३का आन्दोलन पछाडिसम्मको समयलाई समेट्दै एउटा ऐतिहासिक कालखण्डलाई दर्शाएको छ । एकातिर पुस्तकले नेपाली राजनीतिक बेथितीहरुलाई उदाङ्ग पारेको छ भने अर्कोतिर व्यक्तिगत जीवनका तीता-मिठा अनुभवहरुलाई सरल तर मार्मिक ढङ्गले पेश गरेको छ।
'Jiwan Ek Sapana' is an autobiographical account of Dr. Shankar Prasad Uprety, who spent more than 50 years of his life on medical practice.
५० वर्षभन्दा लामो मेडिकल प्राक्टिस र राजनीतिसमेत छाडेर काठमाडौं बस्ता मलाई कतिपय पुराना स्मृतिहरू धमिलिंदै गए जस्ता लाग्छन् । तीमध्ये केही स्मृति शब्द मार्फत ब्युताउने कोसिस गरें। तर जति प्रयत्न गरे पनि लाग्छ, स्मृतिहरू रङ्गविहीन हुँदै गएका छन् । कति त हराउँदै पनि गए ।
महेश्वरीको अल्जाईमर्स विरुद्धको लामो सङ्घर्ष हेदहिर्दै बुझेको छु - स्मृति नै जीवन हो । स्मृति हरायो भने जीवन बाँच्नुको कुनै अर्थ हुँदैन । त्यसैले जीवनको यस अन्तिम गोरेटोमा एकपल्ट फेरि स्मृतिमा डुबुल्की मार्न चाहन्छु, खास गरेर महेश्वरीसँग बिताएका क्षणहरू किनकि आज उनी मसँग छैनन् । उनी सुत्ने ओछ्यान अहिले खाली छ उनको अनुपस्थितिले कोठा पनि खाली खाली लाग्छ। तर फेरि लाग्छ, सायद यस खालीपनामा पुराना स्मृतिहरू तैरिइरहेछन् ।