समय चितामा जल्दै गरेको
नृत्यरत धूवाँको मुस्लो ओढेर
"म” माथिबाट हेरिरहेकोछ
घरमा छुटेको भित्ते घडीलाई
जसको टिकटिक आवाजले
मेरो एकोहोरोपनलाई टुग्दै सुन्दै
गोलाईमा पेलिरहेको छ ।
मान्छेहरूले भन्ने र मान्ने समयको
सीमाभन्दा पनि पर
कुनै जीवन छ-र-त
"म” हेरिरहेको छ त्यो शरीरखेललाई
- मृत्यु कविता