सहिदलाई सलाम

सहिदलाई सलाम

by Nawa Raj Subba
Please fill out the form below to request this book.
Publisher:
Nawa Raj Subba
Genre:Music
Language: ne
Published:January 01, 2024
ISBN13:9789937981002
ISBN10:993798100X

About the Book

प्रकाशकीय (प्रथम प्रकाशन) स्वर, सङ्गीत र शब्दको त्रिकोणात्मक सम्मिलनबाट प्राप्त श्रुतिमय गुञ्जन नै गीत हो । जीवन स्वयम् अनुभूति हो भने गीत त्यही जीवनलाई कोट्ट्याउने र झङ्कृत पार्ने सशक्त माध्यम हो । गीत जीवनगङ्गाको तीव्र वेग हो जसका सुसाइहरूमा आँसु, हाँसो, रोदन र पीडाका जीवन्त कथाहरू बगिरहेका हुन्छन्। गीतमा माटो, मान्छे र संस्कृतिका सुवासहरू अङ्कुराएर झाँगिदै फुलेका हुन्छन् । गीतकार नवराज सुब्बाको सहिदलाई सलाम गीतसङ्ग्रहले समृद्ध र सुन्दर नेपालको परिकल्पनाका साथ समावेशी चिन्तन र राष्ट्रिय चेतना बोकेको छ । यो कृति पाँच खण्डमा विभाजित फरकफरक सन्दर्भ र भावना समेटिएका अन्ठाउन्न गीतहरूको पुञ्ज हो । Subba, N. R. (2025). सहिदलाई सलाम. In सहिदलाई सलाम (p. 86). Zenodo. https://doi.org/10.5281/zenodo.15131540 सिर्जनशील स्रष्टा सुब्बाका गीतमा राष्ट्रिय प्रेम घन्किनुका साथै ताल छ, लय छ, लोकजीवन र लोकभाका छ । बालगीत, हास्यगीत एवम् आधुनिक गीत पनि रोचक र उत्कृष्ट हुनुका साथै कालजयी भई अनन्त–अनन्तसम्म गाइनेछन् भन्ने विश्वासका साथ प्रस्तुत गीतसङ्ग्रह प्रकाशनको अवसर दिएकामा स्रष्टाप्रति आभार व्यक्त गर्दै सम्पूर्ण पाठक र गीत अनुरागीमाझ यो कृति सम्प्रेषण गरेका छौं । साझा प्रकाशन चैत्र, २०६७