Hridaya
HridayaHridaya

Hridaya

हृदय

Paperback
Rs 585 Rs 650
Hardcover
Rs 22500 Rs 25000
Currently out of stock.
Contact us for further queries.
Genre:Autobiography
Language: Nepali
Published:October 15, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937746335
ISBN10:9937746337
Weight:300 g

पुस्तकको बारेमा

यो विशेष संस्करणमा  डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरिएको छ। ‘हृदय’ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा गर्छ ।

काठमाडौंमा विशिष्टीकृत मुटुको अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सिधै सोही अस्पताललाई हस्तान्तरण गरिनेछ ।

पछिल्लो बाहिरी पृष्ठबाट

लगनशील, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ- सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति बाधक ! कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाको ऐना त देखाउँछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुऱ्याउनेछ । र बनाउनेछ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । कोइरालाले अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्तताबीच जेजति गर्न सके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ- भगवान (कोइराला), सलाम !

अपरेसन थिएटर बाहिरको कथा 
बाह हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका डा. कोइरालाले नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे । त्यही अभाव कम गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाए । 
सातै प्रदेशमा अस्पताल निर्माणको खाका कोरेका कोइराला र उनको समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, केन्द्रीय अस्पताल भवन निर्माणको काम सुरू गरिसकेको छ । 
तपाईंले खरिद गर्नुभएको यस पुस्तकबाट प्राप्त हुने लेखकस्वको ५० प्रतिशत अस्पताल निर्माण अभियानलाई जानेछ ।
 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode