Hiunmajhi
HiunmajhiHiunmajhi

Hiunmajhi

हिउँमाझी

E-book
Rs 140
Paperback
Rs 315Rs 350
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937705271
ISBN10:9937705274
Pages:214

पुस्तकको बारेमा

हिउँमाझी मार्फत लेखकले स्थानीयता, त्यहाँको समाज संस्कृति र मनोविज्ञानलाई जस्ताको त्यस्तै उतारेका छन् । केही कथाहरुले नेपाल प्रहरीको मनोविज्ञानलाई नयाँ तरिकाले हेरेको छ । 

आधुनिकताको हावाले नछोएका खस्रा–फुस्रा गाउँका चालचलन, संस्कृति, भाषा–लवज हिँउमाझीका चटनी हुन् । माओवादी द्वन्द्वदेखि महाभूकम्प हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक, सामाजिक र प्राकृतिक विच्छृंखलताको परकम्पनमा परेका जिउँदाजाग्दा पात्रहरु छन्, वियसको कथाहरुमा । 

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली साहित्यमा वियस राई नौला नाम हुन् । नौला भएर पनि उनी उनको पहिलो कथा-कृति 'हिउँमाझी'मा सिद्धहस्त लेखक छन्, परिपक्क कलम छन् र अब एक स्थापित आख्यानकार भएका छन् । हामीले थाहा पाएका तर बुझ्न नखोजेका सत्यहरू, अँध्यारा लाग्ने तर समाजका उज्याला सम्भावनाहरू, मानवीय संवेदनाका सुक्ष्मत्तम बोधहरू, पुराना हुन् कि लाग्ने तर एकदमै नयाँ कथ्यहरू, लाग्छ- यस कथा-कृतिका पात्रहरू हामी आफै हौं । हामी आफै बाँचिरहेको ठीक यही समयको बिम्ब हो- हिउँमाझी । हाम्रो वर्तमान समाजको 'अर्थ-राजनीति' पनि हो- हिउँमाझी ।