Himal ko Swad
Himal ko SwadHimal ko Swad

Himal ko Swad

हिमालको स्वाद

E-book
Rs 75
Genre:Travelogue
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937062268
ISBN10:9937062268

पुस्तकको बारेमा

'हिमालको स्वाद' नियात्राकार गोविन्द कल्पितको मार्दी हिमाल आधार शिविर पदयात्रामा आधारित पुस्तक हो । 

पछिल्लो बाहिरी पृष्ठबाट

एउटै दृश्य कसैलाई जिन्दगीको अनुपम सौभाग्य लाग्छ देख्नमा, कसैलाई केही न केही | आखिर कुनै कुराको महत्त्व आफ्ना लागि त्यति नै रहेछ, जति उसलाई लाग्छ ।

बिचरा हिमाल सुन्दर भएर पनि के गर्नु ? बादलको निगाहमा रहेछ, उसको सुन्दरताको प्रस्तुति ।

नेपालको प्राकृतिक सौन्दर्य-सम्पदा गरिब नेपालीले भोकभोकै संरक्षण गरिदिने अनि विदेशी पर्यटकले झन्डै सित्तैमा उपभोग गर्ने जस्तो पो रहेछ ।

वरिपरि विभिन्न मुलुकका मान्छेहरू आगो तापेर यसरी भलाकुसारी गरिरहेछन् मानौं ती साक्खै दाजुभाइ हुन्; ती साक्खै दिदीबहिनी हुन् ।

पदयात्राका दुईवटा मजा : एउटा हिमालको पलपलमा बदलिने चेहराको अनुपम आनन्द; अर्को कहिल्यै नचिनेका र नदेखेका मान्छेसँग गाँस्न पाइने आत्मीयता ।

एउटा अनकन्टार बस्ती न बत्ती न इन्टरनेट, न धुलो न हिलो, न बाहिरी संसारको कुनै खबर । छ त केबल आकाशका ताराहरूको मधुर प्रकाश छचल्किएको छ, हिमालका टाकुराहरूमा ।

- लेखक

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode