Gulabi Umer's front cover

Gulabi Umer

गुलाबी उमेर
Gulabi Umer's front coverGulabi Umer's back cover

E-book

Rs 225

Paperback

Rs 648

Delivery in 1-3 days

पुस्तकको बारेमा

गुलाबी उमेर उपन्यास किशोरीको मनोविज्ञानमा आधारित कृति हो। कसरी किशोरीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ र कसरी उनीहरूको शरीर र व्यवहारमा परिवर्तन हुँदै जान्छ भन्ने कुरा उनले यस पुस्तकमा लेखिएको छ। 

पछिल्लो बाहिरी पृष्ठबाट

आँधीलाई झैं सम्हाल्न गाह्रो | तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो ।
पहाडलाई झैं अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो ।
बादलझैं उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैँले छँदासमेत आफूलाई मन परेको मानिसले छोएझैं आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो |
जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुऱ्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो— गुलाबी उमेर ।

All Editions

9789937746809
Paperback
ISBN13: 9789937746809
FinePrint, 2025
9789937665667
Paperback
ISBN13: 9789937665667
FinePrint, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review