Gandhi Ko Asadharan Netritwo

गान्धीको असाधारण नेतृत्व


E-book
Rs 280
Paperback
Rs 360 Rs 400
Send as Gift!
Genre: Biography & Memoirs
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 978-9937669184
ISBN10: 9937669189

पुस्तकको बारेमा

यो पुस्तक अंग्रेजीमा भारतीय कूटनीतिज्ञ पास्कल अलान नज़ारेथले लेखेका हुन् । नेपाली अनुवाद कर्णप्रखर धितालले गरेका हुन् र अनुवादित संस्करणको सम्पादन किशोर नेपालले गरेका हुन् ।

About the Book

This book presents the components, spiritual and other inputs into Gandhi's leadership and its wide spectrum impact within India and all over the world.

The English version of the book was written by Pascal Alan Nazareth. Karna Prakhar Dhital translated the book to Nepali.

पछिल्लो बाहिरी पृष्ठबाट

पुस्तकबारे प्रशंसायुक्त टिप्पणीहरू मलाई विशेष गरेर 'नेतृत्वको आदर्श नमुना गान्धी' परिच्छेद मन पर्यो। - एपीजे अब्दुल कलाम, राष्ट्रपति भारत 

तपाईंले प्रदान गर्नुभएको अद्भुत उपहार ‘गान्धीको असाधारण नेतृत्व’का लागि मेरोतर्फबाट हार्दिक धन्यवाद । - बाराक ओबामा, राष्ट्रपति संयुक्त राज्य अमेरिका 

यो पुस्तक धेरै चाखलाग्दो छ। यसले राजनीति, अर्थनीति र सरकारको परिवेशमा वर्तमान विश्व र राष्ट्रिय सङ्कट समाधानका लागि गान्धी-नेतृत्वको सान्दर्भिकताका विविध पक्ष उजागर गरेको छ। - हामीद अन्सारी, उपराष्ट्रपति भारत 

एक महत्त्वपूर्ण र चेतना जागृत गराउने पुस्तक । - आई. के गुजराल, पूर्व प्रधानमन्त्री भारत 

गान्धीको असाधारण नेतृत्वलाई म मेरा लागि सन्दर्भ पुस्तक बनाउनेछु । - श्रीमती मीरा कुमार, सभामुख भारतीय संसद 

पुस्तक मन्त्रमुग्धकारी र एकदमै आकर्षक छ। म इतिहासमा मेरो भूमिकाको स्मरण गर्दछु । - श्रीमती शिला दीक्षित, पूर्व मुख्यमन्त्री, राष्ट्रिय राजधानी, क्षेत्र, दिल्ली 

'गान्धीको असाधारण नेतृत्व'ले पाठकलाई सुसूचित गर्दछ, सचेत तुल्याउँछ र महानताको लक्ष्यमा पुग्न परिचालित गर्छ। महात्मा गान्धीको पदचिह्न पछ्याउँदै यसका प्रत्येक मन्त्रमुग्धकारी पृष्ठहरूमा अन्तर्दृष्टि र प्रेरणा छ। यो अद्भुत र स्मरणीय कार्य हो। - राजकुमारी इरेन, अध्यक्ष, वडं इन हार्मोनी, म्याड्रिड 

लामो समयदेखि अभाव खड्किएको राम्रो पुस्तक । -राजमोहन गान्धी, 'दि बोटम्यान गान्धी', 'दि म्यान', 'हिज पिपुल एन्ड दि इम्पायर'का जीवनी लेखक 

गान्धीजीका सुनौलो विचार तथा भारत र विश्वमा उनको प्रभावका बारे सूचनाको खानी ।  - श्याम बेनेगल, 'दि मेकिङ्ग अफ महात्मा' र अन्य सिनेमाका निर्माता 

अवधारणाका रूपमा विषयको प्रस्तुति, त्यसको प्रशोधन, उदाहरण, तथ्य र दस्तावेज, प्रतिनिधि तस्बिरहरू, मुद्रण र प्रस्तुति आकर्षक छ। पुस्तक साँच्चै नै असाधारण छ। -एन कस्तुरी, गान्धी साहित्य समाज, बैङ्गलुरु 

गान्धीलाई उनको व्यापक स्वरूपमा देखाएर समकालीन व्यक्तित्वका रूपमा स्थापित गर्न एलन नजरथ 'जिनियस' साबित भएका छन्। - एन्टोनी आरएच कोप्ले, 'महात्मा गान्धी' र 'गान्धी अगेन्स्ट राइट'का लेखक 

गान्धीका सिद्धान्त, व्यवहार तथा भूत, भविष्य र वर्तमानमा भारतका साथै विश्वमा उनको नेतृत्वको अध्ययन गर्न यो पुस्तक असाधारण रूपले ज्ञानवर्द्धक छ। कला, तस्बिरका साथै गान्धी र अन्य व्यक्तिका सटीक उद्धरणहरूका कारण पुस्तक ओजिलो बनेको छ। -रलेन पायेज, निर्देशक, सेन्टर फर ग्लोबल नन भायलेन्स, होनोलुलु