Euta Gaunle Thito

Euta Gaunle Thito

एउटा गाउँले ठिटो

Paperback
Rs 595
Genre:Memoirs
Language : Nepali
Paperback
Weight:300 g

पुस्तकको बारेमा

हरेक मान्छेका आ-आफ्नै कथा हुन्छन् । अनुभव र अनुभूति हुन्छन् । फरक यति हो, कसैले तिनलाई लिपिबद्ध गर्छन् त कसैले मन-मस्तिष्कभित्रै सजाइराख्छन् । मलाई लाग्छ, हरेक मान्छेले आफ्नो जीवनका कथा-व्यथा, भोगाइ, अनुभव र अनुभूतिलाई लिपिबद्ध गर्ने हो भने त्यो भोलि इतिहास कहने एउटा महत्त्वपूर्ण दस्तावेज बन्ने छ । ब्रिटिस गोर्खा सैन्य सेवाबाट अवकाशप्राप्त शालीन र मिजासिला व्यक्तित्वका धनी श्री कृष्ण केदेमको संस्मरणात्मक कृति ‘एउटा गाउँले ठिटो’ इतिहास कहने यस्तै एउटा अनुपम दस्तावेज हो, जसले सुदूर समयका पलहरूलाई स्मृतिको भव्य सङ्ग्रहालयमा अभिलेखीकरण गर्न सफल भएको छ ।
रैथाने सभ्यता र संस्कृतिले समृद्ध सुदूर पूर्वी पहाड ताप्लेजुङमा जन्मिएका, किशोर उमेरमा ब्रिटिस गोर्खा सैन्य सेवामा भर्ती भएका केदेमले पल्टनमा रहँदा र अवकाशपश्चात्का दिनमा विभिन्न मुलुकको भ्रमण गर्दा र आफ्नो गाउँ समाजमा देखे भोगेका र अनुभूत गरेका कथा, घटना तथा सन्दर्भहरूलाई बढो जीवन्तरूपमा किताबमा उतारेका छन् । उनका संस्मरणहरू समय नियाल्ने आँखिझ्याल हुन् । केदेमको लेखनशैली मिठासपूर्ण छ । रैथाने स्वादले युक्त छ । सरल भाषा, पृथक् शैली र नयाँ प्रस्तुति छ । जसले सबै खाले पाठकलाई सम्मोहित गरिरहन्छ ।