Ek Chihan
Ek ChihanEk Chihan

Ek Chihan

एक चिहान

Paperback
Rs 325

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली साहित्यमा हृदयचन्द्र सिंह प्रधानलाई चिनाउन कुनै विशेषण आवश्यक पर्दैन । सामाजिक यथार्थवाद र प्रगतिवादी दृष्टिकोणको एक प्रतिनिधि उपन्यास हो एक चिहान ।'एक चिहान'मा धार्मिक अन्धविश्वास, सामाजिक कुसंस्कार, आर्थिक शोषण र जातीय विभेद जस्ता सामाजिक विकृतिहरू

हटाउनु पर्ने तथा ऋण गरेर गरिने धार्मिक आडम्बर तोडिनु पर्ने मान्यता रहेको छ । यो उपन्यासमा परम्परागत धार्मिक संस्कारका विरूद्धमा नयां प्रगतिवादी दृष्टिकोण प्रस्तुत गर्दै शोषक र सामान्तहरूबाट ऋण लिन नहुने, निरन्तर परिश्रम गर्नुपर्ने, अन्याय अत्याचारका विरूद्धमा सधैँ लड्नुपर्ने विचार व्यक्त भएका छन् । साथै जातीय विभेद हटाउदै र अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्दै समृद्ध राष्ट्रिय एकताको बाटोमा अघि बढ्नु पर्ने धारण व्यक्त छ ।

 

RELATED BOOKS