यी कथा लेखकका त हुन् तर पढ्न थालेपछि अब उनका नरहेर हाम्रा बन्दछन । धेरै लामा आकारमा छैनन् तर प्रभाव भने पछिसम्मलाई छोड्ने गरी दरिला लाग्छन । भाषा सरल, विषयवस्तु साधारण तर पढिसक्दा प्रभाव असाधारण लाग्छन् । प्रारम्भ वा अन्त्य पठनचोटले भरियोस् भन्ने धारणाका साथ पढ्दा हामी त्यहाँसम्म नपुगौला तर पढिसकेपछि भरेसम्म सोचिरह्यौं भने एकछिन कथाबारेको धारणामा प्रश्न बन्ला।भावको दबिएका स्वर हुन् यी कथा। खासमा सामाजिकभन्दा मनोवैज्ञानिक धरातलमा दरो गरी उभिने प्रयत्न गर्दछन्। जीवनलाई नजिकबाट देखेको, बोध गरेको अभिव्यक्ति यिनको पहिचान हो।
-कष्ण धरावासी
मदन पुरस्कार विजेता
Mobile Apps
Contact