Doli Bharna's front cover

Doli Bharna

डोली भर्ना
Paperback
Rs 495
Genre:Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937775663
ISBN10:9937775663
Published: July 19, 2024

पुस्तकको बारेमा

डा. चित्र माबोको लेखकीय विशेषता भनेकै सामाजिक, राजनीतिक र सांस्कृतिक मनोविज्ञानलाई प्रयोग गर्दै मानवीय अनुभवहरूलाई सरल रूपले आख्यानमा भन्नु हो । समाजमा सांस्कृतिक जटिलताका कारणहरूले पछि परेका मान्छेहरूको जीवन, नियति लेख्दै तिनको सुखद भविष्यको पक्षलाई सुझबुझका साथ विषय उठान गर्नु उनको खास लेखन हो । जातीय विभेदको बिरोध, लैङ्गिक समानताको वकालत र वर्गीय दृष्टिकोणलाई आफ्नो लेखनमा चित्रण गर्नु उनको वैचारिकी हो ।
डोलीभर्ना कथाकृतिमार्फत् पूर्वी नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समाजको मुन्धुमी संस्कृति, त्यहाँको सामाजिक अवस्था, सभ्यता, दर्शन र जीवन पद्धतिलाई बुझ्न सकिन्छ । संस्कृति, रहनसहन, मनोविज्ञान र आचरणले निम्त्याएको दुर्दशालाई सम्प्रेषण गरिएको यस कथाकृतिले नेपालको सुदूर पूर्वको पहाडी परिवेशलाई सरल तरिकाले चिनाउन खोजेको छ । नेपाली आख्यानमा नयाँ शैलीको भरपर्दो कृति हो- डोलीभर्ना ।