Cyberlaw and Internet Crimes's front cover
Cyberlaw and Internet Crimes's front coverCyberlaw and Internet Crimes's back cover

Cyberlaw and Internet Crimes

साइबर कानून र इन्टरनेट अपराध
Paperback
Rs 575
Genre:Law and Legal System
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937169387
ISBN10:9937169380
Published: July 20, 2024

पछिल्लो बाहिरी पृष्ठबाट

साइबर कानून, साइबर अपराध र सामाजिक सञ्जाल विषयमा विद्यावारिधि गर्नुभएका डा. श्रीकृष्ण भट्टराईले अष्ट्रेलियाबाट लिडरसिप डेभलपमेन्ट एनडिपि र अमेरिकाबाट व्यापार प्रशासनमा स्नातकोत्तर डिग्री तथा भारतबाट वातावरण कानूनमा स्नातकोपाधिको साथै त्रिविबाट कानून, मानविकी र जनप्रशासन विषयमा स्नातकोत्तर एवं शिक्षाशास्त्रमा स्नातकोपाधि समेत हासिल गर्नुभएको छ ।

डा. भट्टराईले २०५२ सालको अधिवक्ताको परीक्षा उत्तीर्ण गरी तीनवर्ष कानून व्यवसाय गर्नुभएको थियो । उहाँले २०५५ सालको लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी न्याय सेवाको राप तृतीय श्रेणीमा ५ वर्ष र २०६० सालको न्यायसेवा आयोगको परीक्षा उत्तीर्ण गरी राप द्वितीय श्रेणीको सरकारी वकीलमा १० वर्ष काम गर्नुभएको छ । त्यसैगरी २०७० सालमा जिल्ला न्यायाधीश पदमा नियुक्त भई भक्तपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, कास्की र अर्घाखांची जिल्लामा सेवा गर्नुभएको छ । न्यायपालिकामा भएका विसङ्गति विकृति विरुद्धमा आवाज उठाउदै आउनुभएका डा. भट्टराईले प्रधानन्यायाधीश नियुक्ति विषयमा असहमति जनाउदै उहाको मातहतमा काम गर्न अस्वीकार गरी २०८० असारमा न्यायाधीश पदबाट राजिनामा दिनुभएको हो । हाल कानून व्यवसायमा संलग्न रहनुभएका डा. भट्टराई कानून र न्यायको क्षेत्रमा अध्ययन, अनुसन्धान र कानूनी सल्लाहकारको रूपमा पनि सक्रिय हुनुहुन्छ ।