Delivery in 1-3 days
शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु :
के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण
धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार ।
मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक , मनोवैज्ञानिक , मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा ।
मृत्यु चिंतन र विमर्श : मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा ।
के सुखको चाहना प्राणीमात्रलाई हुन्छ , त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार , पश्चिमी विचार र यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु ।
ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना ।
आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध ।
शारदाप्रसाद दाहाल
माता / पिता : बालकुमारी दाहाल/बद्रीनाथ दाहाल
परिवार : पत्नी- मीना दाहाल, पुत्र- डा. प्रदीप, पुत्रबधु- बविता, पुत्र- प्रभाष, पुत्रबधु- नीता, नातिहरू- अपूर्व, आहान, अधीश, नातिनी- माहिरा
जन्मथलो : लेखानी, उदयपुर हाल बसोबास : बत्तीसपुतली, पुरानोबानेश्वर, काठमाडौँ
पेसा : सेवानिवृत्त निजामति कर्मचारी
मोबाइल नं. : ९८४१४९४७३७
इमेल : sharadapdahal@gmail.com