Bawarhi's front cover

Bawarhi

बावऋ
Bawarhi's front coverBawarhi's back cover

Paperback

Rs 420 560

Delivery in 1-3 days

Released on August 02, 2024

पछिल्लो बाहिरी पृष्ठबाट

बादल आफैंभित्रको आकाशमा सपना र प्रेमको उडान भरिरहन्छ । ऊ कहिले ऋतुका रङहरुमा घोलिन्छ त कहिले तिनै रङ पखालिने गरी वर्षामा रुझ्छ ।
 
वर्षासँग बादलबाट छुटेर फेरि बादल नै बनाउन सक्ने अनौठो खुबी छ । ऊ बादलको हर अवस्था र स्वरुपलाई प्रेम गर्छे, कुनै अपेक्षा नगरी ।

ऋतु बादलमा रङ भर्छे अनि प्रेम र सपनाको घेरा लगाएर बादललाई आकार दिन्छे । तर ऊ आफैंलाई थाहा छैन— बादलबाट वर्षा र वर्षाबाट बादलको चक्र चलिरहने ऋतुकै कारण हो ।

बावऋ यिनै पात्रहरुको त्रिकोणात्मक प्रेमकथा हो । ०६२/६३ को परिवर्तनअघि नेपाली समाजले भोगेको द्वन्द्व र त्यसबाट सिर्जित बसाइँसराइका घटनामार्फत आदर्श प्रेमको कथ्य बुन्दै यसको कथानक अघि बढ्छ, जसले पाठकलाई नवीन कथ्य शैली र भाषिक मिठासको सम्मोहनमा पार्नेछ ।

All Editions

9789937790260
Paperback
ISBN13: 9789937790260
FinePrint, 2024