Baalbalika Sanga Kurakani
Baalbalika Sanga KurakaniBaalbalika Sanga Kurakani

Baalbalika Sanga Kurakani

बालबालिकासँग कुराकानी

Paperback
Rs 269Rs 299

पछिल्लो बाहिरी पृष्ठबाट

बालबालिकासँग संवाद गर्दा वयष्कहरूको बोलीमा अस्वभाविक कृतिम स्वभाव देखापर्छ । वयष्कहरूको यो बनावटी भाव भङ्गिमा र बोली भित्र बच्चाहरू गम्भिर कुरा बुझ्न सक्दैनन् भन्ने भावार्थ लुकेको हुन्छ । यही धारणाले गर्दा हामी बच्चाहरूलाई व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनका अनेक प्रश्नबाट टाढा राख्ने प्रयास गरिरहेका हुन्छौं । तर, म्याथुजको यो किताबले यस्ता मान्यता खण्डित गर्छ । यो किताबमा बच्चाहरूसँग गरिने यस्ता केही संवाद समावेश गरिएका छन्, जसलाई दार्शनिक भन्न सकिन्छ । मानिस भएका नाताले आफ्ना कुरा स्वतन्त्रतापूर्वक राख्ने, सोच्ने र गंभिरतापूर्वक सुन्न पाउने अधिकार बच्चालाई पनि छ भन्ने कुराको वकालत गर्छ यो पुस्तकले । बच्चाहरूको मनोवैज्ञानिक चित्रणमा समग्र मानवियता बुझाउने प्रयास यो पुस्तकले गरेको छ । यो पुस्तकले बच्चाहरू उमेर अनुसार कसरी फरक, फरक संवाद गर्छन भन्ने पनि देखाउँछ । यो पुस्तकले वयष्कहरूलाई बच्चाहरूसंग कसरी सम्मोहक तरिकाले संवाद गर्ने तौर तरिका पनि सिकाउँछ । । बच्चाहरूको बाल विकास र नैतिक विकासमा यो पुस्तकले नयाँ दृष्टि प्रदान गर्नेछ । यो पुस्तकले वयष्कहरूले बच्चाहरूसंग गर्ने संवादको परम्परागत मान्यतालाई भत्काउँदै संवादको नयाँ आयाम देखाउनेछ ।