Siddha Raj Pant

Siddha Raj Pant

सिद्धराज पन्त

सिद्धराज पन्त विगत ३१ वर्ष यता नीजिक्षेत्रमा इन्जिनियरिङग पेशामा कार्यरत हुनुहुन्छ। यस अवधिमा वहाँका अनुसन्धानात्मक दुई थान पुस्तक प्रकाशित भएका छन्। पहिलो सार्वजनिक नीजि सझेदारी सम्बन्धि वि सं २०६० सालमा अङ्ग्रेजी भाषामा र निर्विकल्प वि सं २०७८ सालमा नेपालीमा। निर्विकल्पलाई सनातन हिन्दुधर्मको गाइड वा न्युनतम मार्गदर्शन दिने पुस्तकका रूपमा लिइन्छ। वहाँले सिभिल इन्जिनियरिङ्गमा बि एस सी र प्राकृतिक संसाधनहरुको व्यवस्थापन विषयमा एम एस सी गर्नुका सांथै भारतको प्रितिष्ठित अध्ययन संस्थान आइ आइ एम (IIM) बाट ‘मूल्यमान्यता, आचार तथा व्यावसायिक सुशासन’ र‘व्यवसायिक सञ्चार तरिका र सञ्चार माध्यम सङ्गको सम्बन्ध’ सम्बन्धि व्यावसायिक तालिम पनि लिनु भएको छ। सिद्धराज पन्त साझेदारी सहजकर्ता योजना, (आइबिएलएफ र ओडिआइ युकेद्वारा सञ्चालित) बाट मान्यता प्राप्त साझेदारी सहजकर्ता पनि हुन्। वहाँका विचार र प्रस्तुतिहरु siddharaj.wordpress.com र Malikarjun Viddhyashram को युट्युबमा हेर्न सकिन्छन्।

Books Authored by Siddha Raj Pant