Rajen Moktan

राजेन मोक्तान

सन् १९७१ मा बी०ए० पास गरेका राजेन मोक्तान कलेज जीवनदेखि नै साहित्यमा रुचि राख्न थालेका थिए । सन् १९७१ मा पहिलो उपन्यास ‘पूजाको फूल’ प्रकाशित भएपछि १९७४ सालमा पुलिस एसआईको जागिर खान पुगे। ३६ वर्षको लामो सेवा पुरयाएर सेवानिवृत्त भएपछि थन्क्याएको कलम फेरि उठाएर विभिन्न पत्रपत्रिकामा कथाहरू योगदान गर्न थाले। सन् २०१५ मा उनको कथा सङग्रह ‘मन मेरो’ प्रकाशित भयो।गोर्खाल्याण्ड आन्दोलनमाथि लेखिएको उनको कथा, ‘चक्रव्यूह लें २०१७ मा पूर्ण राई स्मृति पुरस्कार प्राप्त गरे । ‘जार’ उनको दोस्रो कथा सङ्ग्रह हो। कथाकार, उपन्यासकार मात्र नभएर उनी कार्टुन कोर्छन् अनि वन्य प्राणीहरूका फोटो खिचिहिँड्छन् ।

Books by Rajen Moktan