मोहनराज शर्मा(१९४०-२०१९) नेपाली साहित्यका ख्यातिप्राप्त समालोचक हुन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट इतिहासमा र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर डिग्री लिएका हुन् । नाटककार, निबन्धकार, आख्यानकारका रूपमा स्थापित मोराशले त्रिविमा प्राध्यापकका रूपमा शिक्षादान गरेर सेवावकाश लिए । नेपालीका केही आधुनिक साहित्यकार, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, कथाको विकासप्रक्रिया, शैली विज्ञान, सलिजो आदि उनका मौलिक कृति हुन् भने मायाविनी सर्सी, नेपाली हास्यव्यङ्ग्य कविता, बङ्लादेशका समकालीन कथा सम्पादित कृति हुन् ।