Laxman Biyogi

लक्ष्मण वियोगी

करीब दुई दशकदेखि पत्रकारितामा सक्रिय लक्ष्मणसँग नागरिक दैनिकको आर्थिक ब्यूरोमा रहेर पाँच वर्ष पत्रकारिता गरेका अनुभव छ । हाल उनी ऊर्जा सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका ‘ऊर्जा खबर’को सम्पादक छन् ।

साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो ।

Books by Laxman Biyogi