लेखक केनी पाण्डेको जन्म नेपालमै भएको हो । नेपाल वायुसेवा निगम, फ्रान्सेली वायुसेवा र अमेरिकन एक्सप्रेससँगको सम्बद्धताताका नेपाललाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहकार्यको समयमा तीन पटक संसारभर भ्रमण गर्ने अवसर पाउनुभयो । उहाँको भ्रमणका बेला युरोपको इतिहास, संस्कृति, कला र सांस्कृतिक परम्पराहरू- विशेषगरी फ्रान्सेली, रोमन र ग्रीक विश्व सम्पदाका विशिष्टतः नमूनाहरूको गहिरो ज्ञान हासिल गर्नुभयो । सन्तानको शिक्षा र स्तरीय जीवनको खोजीमा उहाँ सन् १९८१ मा अमेरिका पुग्नुभयो । कडा परिश्रम, कठोर सङ्घर्ष र बलियो इच्छाशक्तिका कारण उहाँले आफ्नो लक्ष्य प्राप्त गर्नुभयो । अहिले उहाँ फ्लोरिडामा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ ।