Kedar Sanket

Kedar Sanket

केदार सङ्केत

रामेछापमा, २०२६ माघ १६ मा जन्मिएर बिट्रिस सेनामा लामो समयसम्म सेवारत रही हाल बेलायतमा बसोवास गर्दै आएका केदार सुनुवार साहित्यिक क्षेत्रमा केदार सड्ढेतका नामले सुपरिचित छन् । 
उनी ‘साहित्य सँगालो’ वेभसाइडका प्रधान सम्पादक पनि हुन् । १६ भन्दा बढी विभिन्न मुलुकहरूको भ्रमण गरिसकेका उनी विशेष गरी कविता, यात्रास्पर्श र साड्ढेतिक ग्रामीण सौन्दर्य दर्शनको लेखनमा अभिरुचि राख्छन् । साहित्यकार सङ्केतका आफैँ जलेको देश (कविता सङ्ग्रह २०६४), एथेन्सको झरी नियात्रा २०६७ (सुर्खेतको विश्व मध्यपश्चिमा विश्व विद्यालयमा बिएड कोर्समा समावेस), पैयुँका फूलहरू (हाइकु सङ्ग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०) लगायतका कृतिहरु प्रकाशित भैसकेका छन् ।

Books Authored by Kedar Sanket