आफूलाई दक्ष प्रजापति थकूका सन्तान बताउने कालु कला साधना र शिल्पगत दक्षताका एक धरोहर हुन्।
उनको परिवार दक्ष प्रजापति थकू (थपाः कुम्हाः) खलक चोभारको आदिनाथ र पाटन टंगालको बसुन्धरा देवीको पूजा र व्रतका लागि आवश्यक भाँडाकुँडा बनाउने जिम्मेवारीसँग जोडिको छ। उनका पुर्खालाई काठमाडौंबाट पाटन ललितपुरमा लगिएको थियो। तत्कालीन शासकले कुमाले परिवारको सुरक्षाका निम्ति विशेष ढ्वाखा (ढोका) निर्माण गरी थपाःटोलमा सारेका थिए।
सामान्य लेखपढसम्ममात्र गर्न सक्ने कुमाले परिवारका कालु कुमालेको मूर्तिकलायात्रा, उनले प्राप्त गरेको सफलता र अन्ततः क्रोधकलाको निपुणताका कारण प्राप्त गरेको क्रोधकला शिरोमणि उपाधिसम्मको यात्रा तय गरिसकेका छन्। उनले बनाएका मूर्तिहरू विश्वप्रसिद्ध भिक्टोरिया एल्बर्ट संग्रहालयदेखि नेपाल, भारत, तिब्बत लगायतका देशका गुम्बा र मन्दिरहरूमा स्थापित छन्।
Kalu Kumale (Kumha) is retired sculptor.
He is known for his craftsmanship especially making sculptors of furious deities. His crafts adorn various museums, stupas and monasteries at home and abroad.