हरिबहादुर थापा अढाई दशकदेखि पत्रकारितामा संलग्न हरिबहादुर थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरुद्ध सार्थक कलम चलाउने गर्छन् । उनका भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र र दलीय द्वन्द्व तथा अङ्ग्रेजीमा एनाटोमी अफ करप्सन जस्ता कृति प्रकाशित छन् । कान्तिपुर दैनिकका सम्पादक र अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक रहिसकेका थापा संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्षसमेत हुन् ।