Dr. Shobhakar Parajuli

Dr. Shobhakar Parajuli

डा. शोभाकर पराजुली

त्रिभुवन विश्वविद्यालयवाट जनप्रशाशनमा एम्.ए. गरेका शोभाकर पराजुली राजनीति वाहेक पत्रकारिता सँग सम्बद्ध हुनुहुन्छ। विद्यार्थी अवस्थादेखि नै उहाँको राजनीतिक यात्रा सुरू भएको हो। नेपाली कांग्रेसमा क्रियाशील पराजुली हाल महासमिति सदस्य हुनुहुन्छ र यसअघि कांग्रेसको कार्यालय सचिव तथा मुख्य सचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। प्रेस युनियनको संस्थापक सदस्य रहेका पराजुली बारा जिल्ला नेपाली कांग्रेसका समेत सदस्य हुनुहुन्थ्यो। २०५१ सालको संसदीय चुनावमा उहाँ वारा क्षेत्र नं १ का उम्मेदवार हुनुहुन्थ्यो।

पार्टीको मूल विचार नै संविधानसभामा आफ्नो एजेन्डा भएको र आफू लोकतान्त्रिक मूल्य मान्यता अनुसार अघि बढ्ने उहाँ वताउनुहुन्छ। एक छोराका पिता पराजुली हाल प्रेस युनियन र मानव अधिकारवादी आन्दोलन सँग समेत सम्बद्ध हुनुहुन्छ। पत्रकारितामा रुचि राख्ने शोभाकर पराजुलीका लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।

Books Authored by Dr. Shobhakar Parajuli