डोरबहादुर विष्ट नेपालका बहुप्रशंसित नृवंश र समाज-मानवशास्त्री हुन । ललितपुर जिल्लाको झरुवारासीमा जन्मेका उनले आफ्नो विषयमा मौलिक र प्रस्ट दिशानिर्देश गर्नसक्ने धेरै पुस्तकको रचनाकार पनि हुन। अङ्ग्रेजीमा प्रकाशित उनको "Fatalism and Development: Nepal's Struggle for Modernization" वहु चर्चित कृति मानिन्छ। विष्टको त्यही फ्याटालिज्म एन्ड डेभलपमेन्ट नामक किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक, वर्गीय आदि विभेदविरुद्ध बुलन्द आवाज उठाउन थाले । वि.सं २०४८ सालमा जुम्ला पुगेका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा निकै काम गरे ।