Balika Bantawa

बालिका बान्तवा

झापाको पृथ्वीनगरमा जन्मिएकी बालिका बान्तावा कविता, गीत र आख्यान लेखनमा रुचि राख्नुहुन्छ । कामको सिलसिलामा लामो समयदेखि देशबाहिर रहनुभएको उहाँ सिर्जनामा वैयक्तिक अनुभूतिमार्फत आफूलाई अभिव्यक्त गर्दै आइरहनुभएको छ । पारिवारिक बिछोड, सम्बन्धहरूको उल्झन र परदेशी हुनुका पीडा बालिका बान्तवाका सिर्जनाका आधार हुन् । उहाँको लेखन भारी शब्दहरूको गठन, विभिन्न वाद र सिद्धान्तहरूको छायाभन्दा धेरै पर छन् । सरल, सहज र सम्प्रेषणयुक्त अभिव्यक्ति उहाँका सिर्जनाका स्वभाव हो ।

Books by Balika Bantawa