Babu Ram Shrestha "Yatri"

Babu Ram Shrestha "Yatri"

बाबुराम श्रेष्ठ 'यात्री'

काव्यिक अभिव्यक्तिमा जीवनको सार खोज्ने कवि बाबुराम श्रेष्ठ 'यात्री' (२०४४) सिन्धुलीका एक लोभलाग्दा प्रतिभा हुन् । आमा लक्ष्मीकुमारी र बाबु रामबहादुरका सुपुत्रका रूपमा गोलोन्जर-५, विजयछाप, सिन्धुलीमा जन्मिएका उनी मरिण-७, बाहबिसे, सिन्धुलीमा स्थायी बसोबास गर्छन् । काठमाडौं विश्वविद्यालयमा एम.फिल. अध्ययनरत यात्रीले अङ्ग्रेजी विषयमा स्नातकोत्तर (एम.एड.) गरेका छन् । उनी मरिण बहुमुखी क्याम्पस र कपिलाकोट मा.वि.मा अध्यापनरत छन्।कविताका अलावा गीत र कथामा समेत कलम चलाउने यात्रीको २०६३ सालमै 'देश स्वप्न' (कवितासङ्ग्रह) प्रकाशित छ। 'मरिण साहित्य समाज'का अध्यक्ष यात्री 'सिन्धुली वाङ्मय प्रतिष्ठान', 'जनमत मासिक', 'कल्पतरु त्रैमासिक' लगायतका संस्थासँग जोडिएका छन्।

 

Books Authored by Babu Ram Shrestha "Yatri"