Jhoda - Drama

Organized by चुलाचुली रंगमञ्च

फाल्गुण ११ देखि २२ गते सम्म
हरेक दिन साँझ ५:०० बजे (अतिरिक्त शो शनिबार १ बजे)
Shilpee Theatre, Battisputali, Kathmandu

चुलाचुली रंगमञ्चको प्रस्तुतिमा, "आकाशगंगाको ओतमुनि" उपन्यासमा आधारित नाटक "झोडा"

प्रस्तुत विषय झोडा, मुख्यतय जग्गा आवाद र  त्यसको राजनैतिक स्वामित्व र अधिकार प्राप्तिको संघर्षमा केन्द्रित रहेको विषय हो । विशेषत सुदुर पुर्वमा आदिमकाल देखी बसोबास गर्दै आएका आदिवासी जनजातिहरुलाई नाटकमा मुख्य पात्रका रुपमा उभ्याइएको छ । स्थायि रुपमा भौगोलिक विकेन्द्रिकरणको अभ्यास तथा नयाँ आवादमा सरकार र राजनैतिक दलहरुले भुपू सैनिकहरुलाई  झोडामा  जग्गा दिलाई दिने प्रलोभन (लोभ) मा पारी कसरी प्रयोग गरे, राजनैतिक भुमरीमा परि उनीहरुले के कति मुल्य चुकाउनु पर्यो  ? आदिवासी भुमि पुत्रहरु कसरी सुकुम्बासी भए ? राजनैतिक स्वार्थले आफ्नो समुदाय बिच कसरी फाटो ल्यायो ? र आदिवासी जनजाति प्रतिको दृष्टिकोण भुमि स्वामित्वको लागि गर्नु परेको संघर्ष र सुकुम्बासी समस्या नै नाटकको मुल विषय वस्तु हो ।

लेखक: गणेश रसिक
परिकल्पना/निर्देशन: चेतन आङथुपो
निर्माता: सुरेस माङपाहाङ राई
नाट्य रुपान्तरण: सुमन लिङदेन

मिति : २०८० फाल्गुण ११ देखि २२ गते सम्म 
स्थान : शिल्पी थिएटर, बत्तीसपुतली, काठमाण्डौं
समय : हरेक दिन साँझ ५:०० बजे
(अतिरिक्त शो शनिबार १ बजे )

Location Map

Shilpee Theatre, Battisputali, Kathmandu
Location map for Jhoda - Drama