Nepalko Simana's front cover
Nepalko Simana's front coverNepalko Simana's back cover

Nepalko Simana

नेपालको सिमाना
Paperback
Rs 898
Genre:Nepali History
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937790246
ISBN10:9937790247
Published: July 05, 2024

पुस्तकको बारेमा

उत्तर र दक्षिणमा विशाल भूभाग भएका देश चीन र भारतको बीचमा पूर्व-पश्चिम लाम्चिएर बसेको छ- नेपाल ।
ऐतिहासिक पृष्ठभूमिमा नेपालको चौकिल्ला सिमाना कहाँसम्म पुगेको थियो, हालको साँध सिमाना के-कस्तो अवस्थामा छ, सीमा विवाद तथा अतिक्रमणका जड कुरा के-के हुन् र नक्साका आधारमा कहाँ के देखिएको छ भन्ने सम्बन्धमा बेलीविस्तार गरिएको हुनाले नेपालको सिमानाबारे जानकारी पाउन यो पुस्तक उपयोगी एवम् सूचनामूलक छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको परिप्रेक्ष्यमा नेपालको समेत उदाहरण दिइएको र नेपालका छिमेकी राष्ट्रहरूसँग भएका सन्धि-सम्झौता पनि सङ्कलन गरी एकत्रित गरिएकाले सीमा अध्ययन- अनुसन्धानकर्ताहरूलाई पनि यो उपयोगी छ ।
भारतसँग नेपालको सिमाना मात्र होइन, चीनसँगको सीमारेखाबारे पनि कतिपय शीर्षक, उप-शीर्षकमा उल्लेख गरिएकाले यस कृतिले नेपालको समग्र सिमानाको विषयवस्तुलाई छोएको छ ।