Koshi Kinaraka Paila Haru
Koshi Kinaraka Paila HaruKoshi Kinaraka Paila Haru

Koshi Kinaraka Paila Haru

कॊशी किनारका पाइलाहरू

Paperback
Rs 800
Genre:Biography & Memoirs
Language : Nepali
Published: February 04, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937753395
ISBN10:9937753392

पछिल्लो बाहिरी पृष्ठबाट

यति बेला म मैले जानेका, पढेका, सुनेका र नजिकबाट चिनेका केही व्यक्तित्वहरूलाई पनि सम्झँदै छु । स्टान्फोर्ड विश्वविद्यालयका प्रोफेसर इमिरटस जेम्स मार्चलाई सम्झन्छु, जसले ८३ वर्षको हुँदा पनि पुस्तक प्रकाशन गरे । सिलिया बर्लेलाई सम्झन्छु । एकल छिन् अनि ७० को दशकको अन्ततिर पनि क्रियाशील छिन् । दुवै खुट्टा जोडिने ठाउँको हर फेरेको छ तर पनि मध्यम उचाइका अफ्रिकी र युरोपेली पहाडहरू चढी हिँड्छिन् । यू.के.को चेस्टरमा बसेर विधुवाविधुरहरूको नेतृत्व गर्छिन् । कर्नेल हार्लेन्ड सान्डर्स आफ्नो ६० को दशकमा संसार ढाक्ने चेन फास्टफुड रेष्टुराँ 'केएफसी भरखर शुरू गर्दै थिए ... ।

नेपालकै कुरा गरौँ न ! राष्ट्रकवि माधव घिमिरे आफ्नो शताशकको अन्तिम दशकको मध्यतिर पनि पलेटीमा कन्सर्ट गर्दै थिए । आफ्नै मृत्युबोधको गीत 'त्यसरी होस् मरण..' अरूलाई नभनी सृजना गर्दै थिए । संस्कृतिविद् सत्यमोहन जोशी हाल १०२ वर्षमा पनि सांस्कृतिक सम्पदा संरक्षणका कुरा गर्दै छन् । हाम्रै गाउँको कुरा गर्ने हो भने हाम्रा हर्कपाल बाजे ९६ वर्षमा पनि अलैँची र सुन्तला रोप्दै थिए । छोरा-नातिलाई अलैँचीका उत्पादन बढाउने काइदाहरू सिकाउँदै थिए । यसरी एकातिर हेयो, प्रेरक नामहरू पनि छन्, दृष्टान्त पनि छन् । अक्सर यी आदरणीय व्यक्तित्वहरूलाई सम्झन्छु, उनका कुराहरूले ऊर्जा मिल्छ, प्रेरणा दिन्छ र जीवनमा एउटा गुञ्जन थप्छ । अर्कातिर जीवनका दुई तिहाईको अन्तले कहिलेकाहीं सोचमग्न पनि बनाउँछ, नढाँटी भन्नुपर्दा .. ।

कोशी किनारदेखि संसारका विविध भौगोलिक किनारहरूमा टेकिएका मेरा पाइला र तिनै पाइलाका डोबहरूमा अमिट छाप बनेर रहेका स्मृतिहरूको

एउटा आकृति हो- कोशी किनारका पाइलाहरू ।