Chuli
ChuliChuli

Chuli

चुली

Hardcover
Rs 175
Genre:Novels
Language : Nepali
Published: February 14, 2024

Hardcover

Origin:Nepal
ISBN13:9789937928090
ISBN10:9937928095

पछिल्लो बाहिरी पृष्ठबाट

साहित्यमा पनि सगरमाथाहरू छन् । सगरमाथाका जोखिमहरू पनि छन् ।

आरोहण गर्ने क्रममा चुलीहरू भेटिन्छन्, छोइन्छन् तर चुलीहरू नै साहित्यको साउथ समिट होइन । साहित्यमा त एउटा साउथ समिटपछि अर्का समिटहरू आउँछन्, जो मिटरले नापिंदैन । साहित्यको आरोहण एक आस्थाको आरोहण हो, अहम्को आरोहण हो, समर्पणको आरोहण हो, सृजनात्मकताको आरोहण हो । यी आरोहणका क्रेम्पोन पाइलाहरू मात्रै हिंडिरहनुपर्छ, उक्लिरहनुपर्छ, चुली त आफैँ नुहिदिन्छ ।

शिखरीय उचाइका रूपमा चुली एउटा यस्तो भव्यता हो, जो ठ्याम्मै सगरमाथा भएर देखापरेको छ । साहित्यमा सरुभक्तको आरोहण झुक्दै जाने चुलीहरूको यस्तै एउटा स्पर्श हो ।- कृष्णचन्द्रसिंह प्रधान