Atikramanko Chapetama Limpiyadhura Lipulek
Atikramanko Chapetama Limpiyadhura LipulekAtikramanko Chapetama Limpiyadhura Lipulek

Atikramanko Chapetama Limpiyadhura Lipulek

अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक: ऎतिहासिक अभिलेख सङ्ग्रह

E-book
Rs 295
Paperback
Rs 750
Currently not available.
Contact us for further queries.
Genre:Nepali History, Borders of Nepal
Language: Nepali
Published:September 2016
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937296656
ISBN10:993729665X
Pages:376

पुस्तकको बारेमा

'अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक' पुस्तक नेपालको पश्चिमी सीमासम्बन्धमा सोध र खोजमा आधारित अनुसन्धानमूलक पुस्तक हो । यस पुस्तकमा महाकालीको वास्तविक मुहान लिम्पियाधुरा रहेको तथ्य-प्रमाण सहितका ऐतिहासिक नापनक्शा, लिम्पियाधुरादेखि कालापानी लिपुलेक विशुद्ध नेपाली भूमि रहेको भन्ने तत्कालीन ईष्ट इण्डिया कम्पनीका दुर्लभ पत्राचार, नेपाल सरकारद्वारा लिम्पियाधुरा-लिपुलेक कालापानी सम्बन्धमा २०३० सालमा नेपाल सरकार परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित स्थलगत अध्ययन प्रतिवेदन, दार्चुला जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरुले लिम्पियाधुरा-लिपुलेक कालापानी सीमा अतिक्रमणबारे पठाएका गोप्य प्रतिवेदनहरु, लिम्पियाधुरा पूर्वमा अवस्थित हाल भारतद्वार अतिक्रमित कुटी, नाभी, गुन्जीका बासिन्दाहरुले तत्कालीन बैतडी मालमा बुझाएका मालपोतका रसिदहरु, ऐतिहासिक सन्धिसम्झौताका साथै थुप्रै अन्य दुर्लभ सामग्रीहरु समावेश छन् । 

पछिल्लो बाहिरी पृष्ठबाट

रतन भण्डारीले अत्यन्त देशभक्तिले अभिप्रेरित भई दार्चुला जिल्लाको एउटा ठूलो क्षेत्रको अकार्यमा विवादमा ल्याइएको सनातन सन् १८१६ को सुगौली सन्धिदेखि निर्विवाद नेपालको लिम्पियाधुरा लगायत भूमिबारे पुस्तक लेख्नु भएछ। अतिक्रमित लिम्पियाधुरा क्षेत्रको सीमा विवादसम्बन्धमा ऐतिहासिक तथ्य-प्रमाण र नाप-नक्शा समेटिएको रतनजीको यो पुस्तक आफैमा एउटा ठूलो प्रमाण हुने विश्वास मैले लिएको छु।

- भैरव रिसाल, वरिष्ठ पत्रकार

 

नेपालको भौगोलिक अखण्डता कायम राख्न यस पुस्तकको कालापानी क्षेत्रको चहराउँदो विवरणले प्रतिनिधिमूलक उदाहरणको काम गरेको छ भन्ने मलाई लागेको छ । त्यसैले आफ्नो देशको भौगोलिक अखण्डता सदासर्वदा कायम राख्नुपर्छ भन्ने फाँटमा संवेदेनशील रहने जोकोहीले पनि यो पुस्तक पढ्नै पर्ने सामग्री'का रूपमा आएको छ भन्ने लाग्दछ।

- बुद्धिनारायण श्रेष्ठ, सीमाविद

 

अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक मौलिक रचना र सम्बन्धित विषयका सन्धि-सम्झौता, दस्ताबेज र अन्य सन्दर्भ सामग्रीहरूको सङ्कलनसहितको उपयोगी पुस्तक हो। एक देशभक्त अभियन्ताले कसरी मुलुकको सीमा अतिक्रमणलाई गम्भीरतापूर्वक नियालेर हेर्छ, त्यसको प्रतिरोधमा उत्रन सन्दर्भ सामग्रीहरूको सङ्कलन गर्छ र विश्लेषणसहित यसलाई राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षण गर्न देशवासीलाई उत्प्रेरित गर्ने गरी कलम चलाउँछ भन्ने अनुपम उदाहरण प्रस्तुत पुस्तकमा पाइन्छ । तसर्थ पत्रकारिताको वाचडग भूमिका र देशभक्त अभियन्ताको मिसन नै प्रस्तुत पुस्तकको मूलधार हो।

- हिरण्यलाल श्रेष्ठ, पूर्व राजदूत तथा परराष्ट्रविद

 

सरकारले कालापानी समस्या समाधानमा गम्भीरता नदेखाए पनि जागरुक नागरिकले देशको सीमा रक्षाका बारेमा विना बर्दीको सिपाहीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु त्यतिकै आवश्यक छ। रतन भण्डारीको यस कृतिलाई मैले यही रूपमा लिएको छु । यो पुस्तक नेपालको पश्चिमी सीमा अतिक्रमण सम्बन्धमा दुर्लभ दस्ताबेजका रूपमा उत्रने र भविष्यसम्म रहिरहने विश्वाश लिएको छु।

- डा. द्वारिकानाथ ढुङ्गेल, पूर्व सचिव एवं वरिष्ठ सामाजिक अनुसन्धानकर्ता