Smritee
SmriteeSmritee

Smritee

A Drama

स्मृति: नाट्यकृति

E-book
Rs 150

पछिल्लो बाहिरी पृष्ठबाट

प्रवीण पुमा 
जन्म मिति : २०३५/१२/०७
जन्म स्थान: जन्तेढुङ्गा-५, पाथीभारा, खोटाङ, नेपाल
शिक्षा: एम.ए. (त्रि.वि.)/एम. फिल. (अंग्रेजी, पो.वि.)
इमेल: sumnimatheatre@gmail.com
 

१. सम्प्रति सेवा:
उप-प्राध्यापक (२०७५ देखि हालसम्म) क्याम्पस प्रमुख (२०७५ देखि २०७९ सम्म) सिनास क्याम्पस, काठमाण्डौ, नेपाल | 
 

२. प्रमुख कृतिहरू:
२.१. सुम्निमा (नाटकसङ्ग्रह-२०५३) 
२.२. हेन्खामा-निनाम्मा ( मिथकसङ्ग्रह - २०५४) 
२.३. दोङवाङ - दोङदापा (संस्कृति - २०६१) 
२.४. सुम्निमा (चलचित्र -२०६२)
२.५. सुम्निमा-पारुहाङ (नाटकसङ्ग्रह-२०६५) 
२.६. हेत्छाकुप्पा (नाट्यकृति-२०६६) 
२.७. निनाम्मा (नाटकसङ्ग्रह - २०६७) 
२.८. साया (नाटकसङ्ग्रह-२०६९)
२.९. होङछा (नाटकसङ्ग्रह-२०७१)
२.१०. बुढाहोङ मुन्दुमः परिचय, पाठ र विश्लेषण (२०७२, आजउराप्र, नेपाल सरकार)
२.११. पारुसेवा मुन्दुमः परिचय, पाठ र विश्लेषण (२०७४, आजउराप्र, नेपाल सरकार)
 

३. उपाधि/सम्मान
३.१. सर्वोत्कृट अभिनेता - २०५५ (सुथिए) 
३.२. सर्वोत्कृट निर्देशक - २०५६ (सुथिए) 
३.३. उत्कृट नाट्यप्रस्तुति तेस्रो स्थान - २०५९ (सांस्कृतिक संस्थान, नेपाल सरकार ) 
३.४. उत्कृठ नवप्रतिभा सम्मान - २०५९ (कि.रा.वि.स., नेपाल)
३.५. क्षेत्रीय प्रतिभा पुरस्कार -२०७४ (नेपाल सरकार, संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालय)
३.६. सर्वोत्कृष्ठ चलचित्र लेखक - २०७४ ( आदिवासी चलचित्र महोत्सव, अमेरिका ) 
३.७. जुपिटर सम्मान - २०७४ (जुपिटर टोल सुधार समिति, ललितपुर) 
३.८. भिमु सम्मान - २०७५ (भिमुमेमोरियल ट्रष्ट, काठमाण्डौ, नेपाल) 
३.९. चलचित्र सम्मान-२०७६ (कि.रा.च.स., नेपाल)
 

सरुभक्त (कुलपति, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान)
प्रवीण पुमाको स्मृति नाट्यकृतिले सोझै प्राचीन किराती बिम्बहरूलाई नटिपे पनि किराती जीवनको सेरोफेरो, समकालीन जीवनको यथार्थ र विडम्बना प्रस्तुत गरेको छ । नाटकका प्रमुख पात्र नाट्यविधामा विद्यावारिधि प्राप्त, नाट्कर्मी महासंघ नेपालका सल्लाहकार थुम्राहाङ हुन् । उनको स्मृतिसित प्रेम र गोप्य विवाह हुन्छ । हिमालको पृष्ठभुमिमा आधारित यो प्रेमको कथा तव दुर्घटनामा पर्छ, जब स्मृति बेलायतमा आवासीय भिसामा बसोबास गरिरहेको परिवारमा फर्कन्छे । थुम्राहाङ उच्च बौद्धिक भए पनि भावुकतापूर्वक स्मृतिलाई पर्खिरहन्छ । त्यो अव्यावहारिकताको परिणति अन्तमा स्मृतिको केसाङसित विवाह हुँदा उसको हातमा स्मतिको स्मृतिस्वरूप खैरो ब्लाउज, सिन्दुर र पोतेमात्र स्थिर रहन्छन् । नेपाली समाजमा परिव्याप्त प्रवासमोह, त्यसबाट उत्पन्न विसङ्गति र अन्य मानवीय समस्यामा केन्द्रित भएर रचना भएको यस नाट्यकृतिले सरल सहज भाषाशैली, किराती शब्दावली र बिम्बका साथसाथै यथार्थोन्मुख प्रस्तुतिलाई महत्त्व दिएको छ ।
मिति : २०७४/०१/०७
 

RELATED BOOKS