Videshma Bitayeka Kehi Varsha
Videshma Bitayeka Kehi VarshaVideshma Bitayeka Kehi Varsha

Videshma Bitayeka Kehi Varsha

विदेशमा बिताएका केही वर्ष

Paperback
Rs 180Rs 200
Genre:Travelogue
Language: Nepali
Published:December 2019
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937063845
ISBN10:9937063841
Pages:104
Weight:75 g

पछिल्लो बाहिरी पृष्ठबाट

यात्रा साहित्यको श्रीवृद्धिमा भाग लिने लेखक त थुप्रै छन् तर लेखिका ज्यादै कम । त्यस्तै कम लेखिकामध्ये एक हुनुहुन्छ – श्रीमती रञ्जुश्री पराजुली | उहाँका फाटफुट रचना पढ्दै आएको एकदशक पुगे झै लाग्छ । उहाँ सम्वेदनशील लेखिका हुनुहुन्छ । देखेको र बुझेको कुरालाई उहाँ स्पष्टसँग लेख्न सक्नुहुन्छ । नयाँनयाँ घटना र रोचक प्रसङ्गलाई कति पनि कृत्रिमता आउन नदिई सहज र स्वाभाविक रूपले प्रस्तुत भएकाले उहाँका यात्रा निबन्ध पठनीय र चखिला छन् । कम विकसित देशमा बस्ने आफ्नै संस्कृति भएका हाम्रा लागि विकसित देश र त्यहाँको अर्को संस्कृतिसँग सम्बन्धित अनुभव र कथा, घटना र विवेचनाको यो पुस्तक उपयोगी हुने कुरामा कुनै शङ्का छैन । - घटराज भट्टराई (२०४१ सालमा प्रकाशित पहिलो संस्करणको भूमिकाबाट)

रञ्जुश्री पराजुलीको नियात्रासङ्ग्रह 'विदेशमा बिताएका केही वर्ष' (२०४१) लाई नै नेपाली महिलाले लेखेको पहिलो नियात्राकृति मानिएको छ । - डा. गीता त्रिपाठी (नियात्रा समाज नेपालको आयोजनामा २०७६ जेठ ३० गते सम्पन्न 'नेपाली नियात्रालेखनमा महिला उपस्थिति र योगदान विषयक गोष्ठीमा प्रस्तुत अध्ययनपत्र)

रोजमेरी भाइपोन्टसँग उहाँको गहिरो मित्रता भयो, तिनैका माध्यमबाट अरु अनेकौं साथी बनाउनुभयो । स्कटिससँग विवाह गरेकी आइरिस केटी स्याली म्याकपिनको परिवारसँगको रञ्जुश्री पराजुलीको परिवारको मित्रताले गर्दा उहाँलाई एकैचोटि आइरिस र स्कटिस संस्कृतिलाई नजिकबाट बुझ्ने राम्रो अवसर मिल्यो । स्वर्गीय डाक्टर एरिक फर्कोहरसनका परिवारसँग गतिलो मित्रता भयो । एडिनबरामा डेरा लिएर बस्ता घरबेटीका परिवारसँग उहाँ रमाउनुभयो, तिनीहरूसँग स्कटिस चलनअनुसार नयाँ वर्ष मनाउनुभयो । ती यावत् परिवारहरुसँगका घनिष्टता, उठबस, घुमफिर, खानपिनले बेलाइती परिवारका सामाजिक अवस्था उहाँले प्रत्यक्ष देख्नुभयो, तिनीहरूका चालचलन, रीतिथिति, कलासंस्कृतिलाई नजिकैबाट बुझ्नुभयो, आफूलाई जिज्ञासा लागेका विषयमा गहिरिएर सोधपुछ गर्नुभयो । - चन्द्रप्रसाद भट्टराई (यसैको भूमिकाबाट)

 

RELATED BOOKS