Utsarga
UtsargaUtsarga

Utsarga

उत्सर्ग

Paperback
Rs 499 Rs 555
Genre:Contemporary Fiction
Language: Nepali
Published:January 25, 2021
Edition:1st
Paperback
Dimensions:5.0 x 7.8 x 0.9 inches
Weight:254 g

पुस्तकको बारेमा

यो उपन्यासले वैदेशिक रोजगारीमा जानुपर्ने आम अभिभावकको बाध्यता र त्यसले सन्तालाई दिने सन्तापको बिसयलाई मुख्य कथावस्तु बनाएको छ । अभिभावकले यौटी बालिकालाई कहिले होस्टेलमा त कहिले आफन्तलाई जिम्मा लगाई प्रवासमा बस्नु पर्दाको उकुसमुकुस र त्यसले दिने मानसिक सन्तापलाइ सजिव तवरले उपन्यास 'उत्सर्ग' मा लेखकले प्रस्तुत गर्नुभएको छ | सरल र मर्मस्पर्शी भाषामा लेखिएको यो उपन्यासमा अभिभावक र बच्चा एक्लिँदाका अनुभूति छ | मान्छेलाई मान्छे बनाउन पात्रा आर्याको सशक्त भूमिका छ | र, एकथोक पाउन सबथोक गुमाउनुपछिको पश्चाताप यो उपन्यासले बखान गरेको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

मलाई सानैदेखि एक्लो छाड्दा कुनै सुर्ता भएन ममी-ड्याडीलाई, तर अहिले चौध-पन्ध्र वर्षकी किशोरीको उहाँहरू यसरी चियोचर्चा गर्नुहुन्थ्यो, मानौं म अहिले पनि छ-सात वर्षकै छु ! विश्वासको महल आफै बनेको पो बलियो हुन्छ, खेताला लगाएर बनाएको विश्वासको महल जतिसुकै झिलिमिली भए पनि अडिलो हुँदैन । 

००

पछाडि छाडेको सम्बन्धको महत्त्व त्यति बेला झन् राम्ररी बुझिन्छ, जब छाडिएको सम्बन्धका तुलनामा रोजिएको सम्बन्ध पीडादायी हुन्छ

००

जागीर छुट्दैमा मालीले आफूले बडो मेहनतले सिँगारेको बगैंचा तहसनहस पार्दैन । यदि पार्छ भने उसको मानसिक सन्तुलन ठीक नभएको बुझ्नुपर्छ । किनकि जुन चीजसँग मन गाँसिएको हुन्छ, त्यसलाई छाड्न त सकिएला, तर उजाड्न सकिँदैन ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode