Ranakalin Pramukha Aitihasik Durbarharu

Ranakalin Pramukha Aitihasik Durbarharu

राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू

Paperback
Rs 225

पुस्तकको बारेमा

इहितासकार श्री पुरुषोत्तमशमशेर जबराको जन्म वि.सं. १९८२ चैत्र महिनामा भएको हो। उहाँ नेपालका प्रथम फिल्ड मार्सल रुद्रशमशेरका नाति र कर्णेल ईश्वरशमशेरका छोरा हुनुहुन्छ । उहाँले भारतको जयनारायण कलेज वाराणसीबाट उच्च शिक्षा हासिल गर्नुभएको हो ।
उहाँ युवावस्था अर्थात् वि.सं. १९९७ सालदेखि नै प्रजातान्त्रिक भावनाबाट प्रेरित हुनुहुन्थ्यो भने वि.सं. २००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएको
थियो । त्यसबेला उहाँले मुक्तिसेनाका लागि भारतको बङ्गाल, उत्तर प्रदेश, बिहार प्रान्तहरुबाट हातहतियार, खरखजाना र खाकी पोशाक आदि सरसामानहरु तथा नेपालका तराईतर्फका जमिन्दारहरुबाट रसद इत्यादिसमेत पश्चिम क्षेत्र कृष्णनगर र बहादुरगञ्जका मोर्चासम्म पुऱ्याउने कार्य गर्नुहुन्थ्यो । स्वर्गीय श्री ५ त्रिभुवन नयाँ दिल्लीको हैदराबाद हाउसमा भारत सरकारको पाहुनाको रुपमा राज होइबक्सेको बखत उहाँ बराबर त्यहाँ गएर विभिन्न क्षेत्रका सन्देशहरु श्री ५ त्रिभुवनमा जाहेर गर्नुहुन्थ्यो ।
विद्वान इतिहासकारका रुपमा प्रसिद्धि पाउनुभएका पुरुषोत्तमशमशेरका श्री ३ हरूको तथ्य वृत्तान्त पुस्तक दुई भागमा (प्रथम संस्करण वि.सं. २०४७, दोस्रो संस्करण २०५९ र तेस्रो संस्करण २०६२) अंग्रेजी भाषामा जङ्गबहाजुर राणा : द स्टोरी अफ हिज राइज एण्ड ग्लोरी (२०५५), सम्झेरका र सुनेका कुराहरू (२०६०) र भएका र गुज्रेका घटनाहरू (२०६३) पुस्तकहरू प्रकाशित भएका छन् । नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएका नेपालका ऐतिहासिक व्यक्तित्वहरुसम्बन्धी उहाँका अनकौं लेखहरु विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय, दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा प्रकाशित भएका छन् । नेपाली इतिहास तथा दुर्लभ चित्रहरुका सम्बन्धमा रेडियो तथा नेपाल टेलिभिजनमा उहाँका अन्तर्वार्ताहरु पनि प्रसारण भएका छन् । विभिन्न अवसरहरुमा उहाँले भारत, पाकिस्तान, बङ्लादेश, तिब्बत, थाइल्याण्ड, हङकङ, सिङ्गापुर, जर्मनी, हल्याण्ड, अमेरिका, क्यानडा आदि मुलुकहरुको भ्रमण गर्नुभएको छ ।

RELATED BOOKS