Shree Tin Haruko Tathya Britanta

Shree Tin Haruko Tathya Britanta

Bhag-2

श्री ३ हरुको तथ्य वृत्तान्त: भाग - २

Paperback
Rs 750

पुस्तकको बारेमा

इहितासकार श्री पुरुषोत्तमशमशेरको जन्म वि.सं. १९८२ चैत्र महिनामा भएको हो । उहाँ नेपालका प्रथम फिल्ड मार्सल रुद्रशमशेरका नाति र कर्णेल ईश्वरशमशेरका छोरा हुनुहुन्छ । उहाँले भारतको जयनारायण कलेज वाराणसीबाट उच्च शिक्षा हासिल गर्नुभएको हो । उहाँ युवावस्था अर्थात् वि.सं. १९९७ सालदेखि नै प्रजातान्त्रिक भावनाबाट प्रेरित हुनुहुन्थ्यो भने वि.सं. २००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यसबेला उहाँ पश्चिम क्षेत्र कृष्णनगर र बहादुरगञ्जमा हातहतियार, खर खजना र खाकी पोशाक आदि सरसामानहरु भारतको बङ्गाल, उत्तर प्रदेश, बिहार प्रान्तहरुबाट र नेपाल तराईतर्फका जमीन्दार हरुबाट रसद इत्यादि समेत मुक्ति सेनाका लागि मोर्चासम्म पुझ्याउने कार्य गर्नुहुन्थ्यो । स्वर्गीय श्री ५ त्रिभुवन नयाँ दिल्लीको हैदराबाद हाउसमा भारत सरकारको पाहुनाको रुपमा राज होइबक्सेको बखत उहाँ बराबर त्यहाँ गएर विभिन्न क्षेत्रका सन्देशहरु श्री ५ त्रिभुवनमा जाहेर गर्नुहुन्थ्यो । विद्वान इतिहासकारका रुपमा प्रसिद्धि पाउनुभएका पुरुषोत्तमशमशेरको श्री ३ हरुको तथ्य वृत्तान्त पुस्तक दुई भागमा वि.सं. २०४७ र अंग्रेजी भाषामा “जङ्गबहाजुर राणा : द स्टोरी अफ हिज राइज एण्ड ग्लोरी” नामक पुस्तक २०५५ सालमा प्रकाशित भएको छ । नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको नेपालका ऐतिहासिक व्यक्तित्वहरुसम्बन्धी उहाँका अनकौं लेखहरु विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा प्रकाशित भएका छन् । नेपाली इतिहास तथा दुर्लभ चित्रहरुका सम्बन्धमा रेडियो तथा नेपाल टेलिभिजनमा उहाँका अन्तर्वार्ताहरु पनि प्रसारण भएका छन् । विभिन्न अवसरहरुमा उहाँले भारत, पाकिस्तान, बङ्गलादेश, तिब्बत, थाइल्याण्ड, हङकङ, सिङ्गापुर, जर्मनी, हल्याण्ड, अमेरिका, क्यानडा आदि विदेशी मुलुकहरुको भ्रमण गर्नुभएको छ।